Logo

आर्थिक

नास्टले बनायो विद्युतीय स्कुटर, आज उदघाटन



काठमाडौं, वैशाख १० गते । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले एकपटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर बनाएको छ ।

लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा बनाइएको विद्युतीय स्कुटरको आज दिउँसो ऊर्जामन्त्री पम्फा भुसाल, शिक्षामन्त्री देवेन्द्र पौडेल लगायतले संयुक्त रुपमा उदघाटन गर्दैछन् ।

नास्टका प्रविधि संकाय प्रमुख एवं इलेक्ट्रिक स्कुटर निर्माण कार्यक्रमका प्रमुख रवीन्द्र ढकालका अनुसार पेट्रोलियम पदार्थको मूल्य अत्यधिक वृद्धि भइरहेको बेला नेपाली माटो सुहाउँदो नमूना स्कुटर निर्माण गरिएको हो ।

स्कुटरमा दुई किलोवाट क्षमताको लिथियम आयन ब्याट्री जडान गरिएको छ । ब्याट्रीको क्षमता बढाउन पनि सकिन्छ । हाल तयार भएको स्कुटर एक पटक चार्ज गर्दा ५० किलोमिटरसम्म गुड्न सक्छ । प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक ढकालका अनुसार ब्याट्री र मोटरको क्षमता बढाउँदा ५० किलोमिटर भन्दा पनि बढी गुड्न सक्छ ।
एउटा नमूना स्कुटर बनाउन तीन लाख रुपैयाँ भन्दा बढी खर्च भएको ढकालले जानकारी दिए । ठूलो मात्रामा उत्पादन गर्ने अवस्था आउँदा नेपालभित्रै न्यूनतम एक लाख ५० हजारदेखि दुई लाख रुपैयाँसम्ममा विद्युतीय स्कुटर बनाउन सकिने उनको अनुमान छ ।

यस्तै नास्टले नेपालमा नै कारखाना स्थापना गरेर काम गर्दा के कस्तो प्राविधिक तथा आर्थिक तयारी गर्नुपर्छ भन्नेबारेमा लुम्बिनी प्रदेश सरकारको सहकार्यमा सम्भाव्यता अध्ययन समेत गरिरहेको छ ।

प्रकाशित : १० बैशाख २०७९, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल