Logo

आर्थिक

उपत्यकामा राष्ट्रिय कृषि गणना भोलिदेखि सुरू हुने



काठमाडौं, वैशाख ८ गते । काठमाडौं उपत्यकामा शुक्रबारदेखि मात्र कृषि गणना सुरु हुने भएको छ । ७ औं कृषि गणना ६ वैशाखदेखि सुरु भएपनि काठमाडौं, भक्तपुर र ललितपुरमा भने शुक्रबारदेखि मात्रै गणना सुरु हुने कृषि तथा पशु गणना विभागका निर्देशक डा. महेशकुमार सुवेदीले जानकारी दिए ।

कृषि गणना कार्य तीनै तहका सरकारलाई चाहिने कृषि सम्बन्धी तथ्यांक उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालन गरिएको उनले बताए ।

उनले कृषि गणनाको प्रारम्भिक नतिजा मंसिर अन्तिमसम्म गर्ने र असार मसान्तसम्म सम्पूर्ण संकलित फारमहरु केन्द्रमा ल्याइसक्ने पनि जानकारी दिए । निर्देशक सुवेदीका अनुसार अहिलेसम्म कृषि गणनाका लागि ५ करोड खर्च भइसकेको छ । यस वर्ष गणनाको मुख्य समय भएकोले ७२ करोड खर्च हुने अनुमान गरिएको छ । अर्को वर्ष डेटा इन्ट्री, प्रकाशनका लागि लगभग करिब ९ करोड रुपैयाँ गरी कुल कृषि गणनाका लागि ८६ करोड रुपैयाँ खर्च हुनसक्ने आकलन विभागले गरेको छ । तथ्यांक संकलन कार्य जेठ अन्तिम सातासम्म चल्नेछ ।

२०१८ सालदेखि हरेक १०,१० वर्षमा कृषि गणना गर्न थालिएको हो । तथ्यांक विभागले यस वर्षको कृषि गणना भने १ चैत २०७८ देखि ७७ वटै जिल्लामा कृषि गणना कार्यालय स्थापना गरी गणना सुरु गरेको थियो । विगतका कृषि गणनाहरुमा जिल्लास्तरीय कृषि तथ्यांक मात्रै प्रकाशन गर्दै आएकोमा यस पटक ७५३ वटै गाउँपालिका, नगरपालिकासम्मको कृषि तथ्यांक संकलन हुनेछ ।

वैज्ञानिक विधि प्रयोग गरी करिव ३ लाख ५० हजार कृषक परिवार छनोट गरेर कृषक परिवार प्रश्नावलीमार्फत कृषि तथा पशुपन्छीपालनसम्बन्धी विस्तृत विवरण संकलन गर्ने लक्ष्य लिइएको छ । कृषि गणनाका लागि ५ हजार १ सय ५० गणक, १ हजार ३ सय ५० सुपरिवेक्षक तथा ७७ कृषि गणना अधिकृतहरुसहित ७ हजार २ सय कर्मचारी प्रत्यक्ष रुपमा स्थलगत कार्यमा परिचालित रहनेछन् ।

प्रकाशित : ८ बैशाख २०७९, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल