Logo

आर्थिक

आजदेखि टेलिकमले स्प्रिङ अफर दिदैँ, असीमित कुराकानीका लागि सस्तोमा प्याक उपलब्ध हुने



काठमाडौं, बैशाख ५ गते । नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अल नेट भ्वाइस प्याक सहितको स्प्रिङ अफर उपलब्ध गराउने भएको छ। टेलिकमले, सोमबारदेखि सर्वसाधारणको लागि स्प्रिङ अफर उपलब्ध गराउने भएको हो।

स्प्रिङ अफरमा कम्पनीले जम्मा ५९९ देखि १४९९ सम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरू समावेश गरेको छ। अबदेखि जम्‍मा ९ सय ९९ रुपैयाँ र एक हजार चार सय ९९ रुपैयाँका प्याकमार्फत कम्पनी भित्रको नेटवर्कमा असिमित कुराकानी गर्न सक्नुका साथै अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असिमित कुराकानी गर्न सकिनेछ।

यी प्याकमा क्रमशः प्रति दिन दुई जिबी र चार जिबी डेटा तथा प्याक अवधिमा चार सय वटा र एक हजार वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ।

स्प्रिङ अफर अन्तर्गत ग्राहकहरूको माग अनुरुप कम्पनीको सेवाबाट अन्य सेवा प्रदायकको नेटवर्कमा न्यूनतम महशुलमा कुराकानी गर्न सकिने अल नेट भ्वाइस प्याक उपलब्ध गराइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सेवाग्राहीहरूको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सस्तो कम्बो प्याकहरूलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएको हो। ग्राहकहरूको रुची अनुसारका केही प्याकहरूको मूल्य अझै कम गरिएको छ।

कम्पनीका नेटवर्कबाट कुनै पनि नेटवर्कमा पाँच सय मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक जम्मा दुई सय ६५ रुपैयाँमा र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक जम्मा पाँच सय ५० रुपैयाँमा उपलब्ध हुनेछ। यी बाहेक कम्पनीको नेटवर्कमा र अन्य नेटवर्कमा समेत कुराकानी गर्न सकिने विभिन्न प्याकहरू उपलब्ध हुनेछ।

स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज लिन ग्राहकले *१४१५# डायल गर्नुपर्ने हुन्छ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन्।

प्रकाशित : ५ बैशाख २०७९, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल