Logo

आर्थिक

पर्यटकलाई अध्यागमनको आग्रह: भिसा शुल्क तिर्न नगद नै बोक्नुस्



काठमाडौं, बैशाख ४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पर्यटकहरुलाई नगद नै बोकेर आउन पर्यटकलाई अनुरोध गरेको छ । विद्युतीय भुक्तानी प्रक्रियामा समस्या रहेको भन्दै अध्यागमन कार्यालयले सार्वजनिक सूचना जारी गरेको थियो ।

विमानस्थलमा आएका पर्यटकले अनएराइभल भिसा बापत २०० डलर वा सो बराबरकोे विदेशी मुद्रा तिर्नुपर्छ । तर, आजभोलि विदेशी पर्यटकले मास्टर कार्ड, भिसा कार्ड तथा विद्युतीय कारोबार लिएर आउँछन् । तर, विमानस्थलको प्रणालीले काम नगर्दा यस्तो भुक्तानीमा समस्या भइरहेको अध्यागन कार्यालयले
जानकारी दिएको छ । सोही कारण पर्यटकलाई २०० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा नगदमै बोक्न आग्रह गरेको हो ।

पछिल्ला दिनमा विदेशबाट आउने पर्यटक बढेको र विमानस्थलभित्र एउटा मात्रै एटीएम मेसिन रहेकाले पर्यटकहरुलाई भुक्तानीका लागि लाइन बस्नुपर्ने झन्झट छ । सोही कारण नगदनै बोकेर आउन भनिएको अध्यागमनले जनाएको छ ।

प्रकाशित : ४ बैशाख २०७९, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल