Logo

स्वास्थ्य

बालबालिकालाई चैत २५ गतेबाट टाइफाइड विरुद्धको खोप दिइने



काठमाडौँ — सरकारले यही चैत २५ गतेबाट बालबालिकालाई टाइफाइडविरुद्धकाे खोप प्रदान गर्ने भएको छ ।चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशैभरका १५ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकालाई टाइफाइड विरुद्धको खोप प्रदान गरिने भएको हो । यी उमेर समूहका बालबालिकाकाे संख्या करिब ७५ लाख रहेकाे छ ।स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले खोप लगाउने निश्चिात मिति र स्थानको बारेमा जानकारी लिन स्वास्थ्य संस्था, विद्यालय वा वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

महाशाखाका अनुसार यो अभियान पश्चात नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गरिने र १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गरिनेछ ।

प्रकाशित : ३ बैशाख २०७९, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल