Logo

समाचार

दुग्ध विकास बोर्डको लोगो वितरण अभियान



काठमाडौँ, चैत १७ गते । राष्ट्रिय दुग्ध विकास बोर्डले ‘लोगो’ वितरण अभियान सञ्चालन गरेको छ । आन्दोलन, बन्दाबन्दीलगायत हरेक अवस्थामा निर्बाध रूपमा दूध तथा दुग्धजन्य पदार्थको गाडी चलाउन बोर्डले लोगो वितरण गरिरहेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले अनावरण गरेको सो लोगो देशैभरिका डेरी उद्योगीलाई वितरण गर्ने अभियान सुरु भएको बोर्डका प्रमुख राजेन्द्र यादवले बताउनुभयो । हालसम्म ९५ वटा लोगो वितरण भइसकेका छन् ।

प्रदेश १ मा लगभग वितरण कार्य सम्पन्न भइसकेको छ भने लुम्बनी प्रदेशमा ११ वटा डेरीलाई सो लोगो प्रदान गरिएको छ । त्यस्तै बागमती प्रदेशमा लगभग प्रायः डेरीले लोगो प्राप्त गरिसकेका छन्, केही ठूला डेरी बाँकी छन् । मधेस प्रदेशबाट लोगोको माग नभएका कारण त्यहाँ वितरण नगरिएको उहाँले बताउनुभयो । अन्य प्रदेशबाट माग भएअनुसार लोगो वितरण गरिने प्रमुख यादवले बताउनुभयो ।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल