Logo

पत्र-पत्रिका

नारायणहिटी प्रकरणको छानबिनमा अख्तियारको ध्यान जाओस् : मन्त्री आले



काठमाडौं – बतास समूहले नारायणहिटी दरबार परिसरमा बनाएको संरचनाबारे भएको छानबिन प्रतिवेदनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पनि ध्यान जानुपर्ने संस्कृति, पर्यटन ता नागरिक उड्डयनमन्त्री प्रेम आलेले बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उक्त विषयबारे भएको छानबिन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री आलेले यस्तो बताएका हुन् 

‘यो प्रतिवेदनमा अख्तियारको पनि ध्यान जाओस् भन्ने मैले आस गरेको छु,’ उनले भने, ‘यसमा संलग्न सबैलाई कडाभन्दा कडा कारवाही हुनेछ ।’ 

यसमा संलग्न दोषीलाई कारवाहीमा शंका हुनेबारे पत्रकारले उठाएको प्रश्नमा मन्त्री आलेले यसबारे भ्रममा नपर्न भनेका छन् । दोषीलाई कारवाही गर्नकै लागि छानबिन प्रतिवेदन बनाएको र यसमा प्रधानमन्त्रीले पनि आफूलाई रोक्न नसक्ने उनले बताएका छन् ।

‘कारवाही नगर्नेे हो भने छानबिन समिति नै बनाउँदैन्थ्यौं,’ उनले भने, ‘दरवारमार्ग जस्तो प्राइम लोकेसनमा कौडीको भाउमा जग्गा दिनु एकदमै खेदजनक छ । दोषीलाई कारवाही गरेरै छोड्ने हो । कराम्रो काम गर्नका लागि कसैले पनि रोक्न सक्दैन ।’  

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल