Logo

समाचार

महाधिवेशन नजिकिँदै गर्दा कांग्रेस सभापतिका आकांक्षी प्रकाशमान सिंहले खोले सम्पर्क कार्यालय



नेपाली कांग्रेसको १४ औं महाधिवेशन अहिले निकै चर्चाको बिषय बनेको छ। यहि समयमा सभापति पदमा उठ्ने तयारी गरिरहेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन्। आज बिहान एक कार्यक्रम गर्दै उनले सम्पर्क कार्यालय सुरूवात गरेका छन्।

सिंहदरबारअगाडि यलम्बर पार्टी प्यालेस भाडामा लिएर उनले सम्पर्क कार्यालय खोलेका हुन्। यही कार्यालयबाट अब सिंहले नेता तथा कार्यकर्तालाई भेटघाट गर्ने उनको सचिवालयले जनाएको छ।

सिंहले सभापति पदमा आफू नेचुरल उम्मेदवार भएको बताइरहेका छन्। ‘मैले आज सम्पर्क कार्यालय खोलेँ, यसबाट तपाईंहरूले बुझ्नुपर्छ मेरो तयारी के छ,’ सिंहले भने, ‘सहमतिबाटै हाम्रो पक्षबाट एक जना मात्रै उम्मेदवार तय गर्न आज पनि चाक्सीबारीमा दिउँसो १ बजे बैठक छ।’

सभापतिमा शेरबहादुर देउवा फेरि उठ्ने तयारीमा छन्। देउवासँग प्रतिस्पर्धा गर्न पौडेल पक्षले एक मात्र उम्मेदवार दिने बताइरहेका छन् तर आकांक्षी धेरै हुँदा सहमति भइसकेको छैन।

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल