Logo

स्वास्थ्य

काठमाडौं अझै ‘रेड जोन’मा, यी हुन् संक्रमित शून्य भएका जिल्लाहरु



काठमाडौं – नेपालका छवटा जिल्लामा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या शून्य भएको छ । संक्रमित शून्य भएर ‘कोभिड फ्री’ हुनेमा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु र सल्यान छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकानुसार सुनसरी, भक्तपुर, कास्की, नवलपरासी पूर्व, बाँके र कैलालीमा सक्रिय संक्रमितको संख्या २०० भन्दा बढी ५०० सम्म छ भने काठमाडौं र ललितपुरमा सक्रिय संक्रमित क्रमशः ५९८ र ५५३ छन् ।

सक्रिय संक्रमित ५०० भन्दा बढी रहेका जिल्लालाई संक्रमणको जोखिमका हिसाबले ‘रेड जोन’मा राखिएको छ । यीबाहेक अरू जिल्लामा सक्रिय संक्रमितको संख्या २०० भन्दा कम छ ।

नेपालमा अहिले संक्रमणदर १७.६ प्रतिशत र सक्रिय संक्रमित ६ हजार ३८६ छन् । कुल संक्रमितको संख्या आठ लाख २२ हजार ८३० पुगेको छ।

सक्रिय संक्रमित सबैभन्दा धेरै वाग्मती प्रदेशमा दुई हजार ४७७ जना छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै एक हजार ६२६ सक्रिय संक्रमित छन् ।

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल