Logo

समाचार

कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने जीवनबहादुर शाहीको घोषणा



नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा कांग्रेसको १४ औं महाधिवेशन छ। मंसिर २५ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका छ।

उनले यसपालि सहमहामन्त्री पदमा उम्मेदवारी दिने बताए। कर्णाली प्रदेशको भुगोल कोटाबाट उम्मेदवारी दिने उनको घोषणा छ।उनी यसअघिका महाधिवेशनबाट लगातार तीन कार्यकाल केन्द्रीय सदस्य थिए।

उनी कांग्रेस हुम्लाको संस्थापक सभापति हुन्। २२ वर्षको उमेरमा कांग्रेसको हुम्लाको उनी पहिलो सभापति बनेका थिए। त्यसयता २६ वर्ष लगातार जिल्ला सभापति भएर काम गरेका शाही ११ औं, १२ औं र १३ महाधिवेशनमा केन्द्रीय सदस्य भएका थिए।

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल