Logo

स्वास्थ्य

के हावाबाट पनि सर्छ ओमिक्रोन? हङकङमा फेला पर्‍यो यस्तो तथ्य



हङकङ: कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण यतिबेला संसारभरि फैलिरहेको छ। दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन संक्रमण दक्षिण एसियामै पनि नेपालसहित भारत र श्रीलंकामा देखा परिसकेको छ। भारतमा त झन् तीव्ररुपमा फैलिरहेको छ। तीन दिनअघि दुई जनामा संक्रमण देखिएको भारतमा आजको दिनमा २३ जना संक्रमित पुगेको छ।

ओमिक्रोनले विश्व नै अक्रान्त भइरहेका बेला वैज्ञानिकहरुले यसबारे एउटा तथ्य फेला पारेका छन्। उनीहरुका अनुसार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन हावाबाट पनि सरिरहेको तथ्य फेला पारेको छ।

हङकङको एक क्वारेन्टीन सीसीटीभी फुटेजमा गरिएको अध्ययनले यस्तो देखाएको वैज्ञानिहरुको दाबी छ। जुन इमर्जिङ इन्फेक्सियस डिजिज नामक पत्रिकामा प्रकाशनसमेत गरिएको छ।

रिपोर्टअनुसार क्वारेन्टीन होटलमा बसेका दुई जना यात्रीलाई ओमिक्रोन संक्रमण देखिएको छ। दुवैले कोरोनाविरुद्धको भ्याक्सिनको दुवै मात्रा लिएको र कोहीसँग सम्पर्कमा नरहेको व्यक्तहरु भएको बताइएको छ। यहाँसम्म कि यी दुई जना आफ्नो कोठाबाट समेत बाहिर निस्किँदैनथे। रिपोर्टअनुसार उनीहरुको ढोका केवल खाना र कोभिड परीक्षणको लागि मात्र खुल्ने गर्थ्यो। त्यससँगै होटेलको अन्य ठाउँमा पनि ओमिक्रोन संक्रमण फैलिएको दाबी गरिएको छ। त्यही भएर पनि ओमिक्रोन हावाबाट पनि त फैलिरहेको छैन भनी आशंका गरिएको छ।

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल