Logo

स्वास्थ्य

के नेपालमा लकडाउन हुन्छ ? यसो भन्छ मन्त्रालय



कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा छिरिसकेको छ। ओमिक्रोनलाई लिएर सामाजिक सञ्जालमा ‘लकडाउन’ हुन सक्ने समेतका अफवाहहरू फैलाइएको देखिएको छ। यसअघि दुई चरणमा कोभिडको मार नेपालले झेलिसकेको छ।

नयाँ भेरियन्टको नियन्त्रण तथा रोकथामको लागि सरकारको तयारी चुस्त रुपमा बढिसकेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले बताए।

सरकारले तेस्रो लहरको सम्भावित जोखिमबाट बच्न के गर्छ ? के फेरि लकडाउन वा निषेधाज्ञा हुन्छ ? भन्ने प्रश्नमा डा. अधिकारीले हालको अवस्थामा मन्त्रालयले लकडाउन गर्ने वा नगर्नेबारे कुनै छलफल वा निर्णय नभएको बताए ।

‘अहिले नै लकडाउनबारे कुनै निर्णय भएको छैन। परीक्षण, निगरानी, खोप पहिलो प्राथमिकता हो,’ डा. अधिकारीले हेल्थपोस्टसँग भने।
मन्त्रालयले अहिलेको अवस्थामा अस्पताल व्यवस्थापनको जुटेको उनको भनाई छ।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल