Logo

समाचार

सभापतिको उम्मेदवार तय गर्न पौडेल निवासमा बैठक बस्दै, को बन्ला सभापति ?



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट सर्वसम्मत रूपमा सभापतिको उम्मेदवार छान्न बैठक राखेका छन्। आज साँझ पौडेल निवास बोहराटारमा उक्त समूहका नेताहरू छलफलमा जुटेका छन्।

पौडेलले ५:३० बजेदेखि छलफल गर्ने भएकोले सहभागी हुन भनेका थिए। पौडेलसहित उनी पक्षका नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला सभापति पदका आकांक्षी छन्।

चार जना आकांक्षीमध्ये एक जना सभापतिमा उठ्ने गरी छलफल गरिएको पौडेलनिकट स्रोतले जनाएको छ। महाधिवेशन आउन चार दिनमात्रै बाँकी हुँदा पौडेलले सर्वसम्मत रूपमा सभापति उम्मेदवार छान्न बैठक बोलाएका छन्।

सभापतिमा शेरबहादुर देउवा फेरि उठ्ने तयारीमा छन्। देउवासँग प्रतिस्पर्धा गर्न पौडेल पक्षले एक मात्र उम्मेदवार दिने बताइरहेका छन् तर आकांक्षी धेरै हुँदा सहमति भइसकेको छैन।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल