Logo

समाचार

उद्घाटनमा शक्ति प्रदर्शन नगरी महाधिवेशनमा फेरि लड्छु: देउवा



काठमाडौं – प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पत्रकार डाकेर महाधिवेशनमा सहयोग गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले बोलाएका सीमित पत्रकारबीच देउवाले १४औं महाधिवेशनमा पनि आफैँ सभापति लड्न लागेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । उनले भनेका थिए– यो मेरो अन्तिमपटक हो । मैले यहाँहरुबाट पनि अपेक्षा गरेको छु ।”

सभापति देउवाले महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका थिए ।“महाधिवेशन प्रतिनिधिसँगै नजिकका नेता कार्यकर्ता आउनेछन्,” देउवाले भने, “सकेसम्म कमलाई बोलाउने प्रयास गरेका छौँ ।”

देउवाले सत्ता गठबन्धन निर्वाचनसम्मै जाने बताएका थिए । “सत्ता गठबन्धन निर्वाचनसम्मै जान्छ,” उनको भनाइ थियो ।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल