Logo

समाचार

२ मतअन्तरले पराजित गुरु घिमिरेद्वारा मतगणनामा धाँधली भएको भन्दै पुनः गणना गर्न माग



नेपाली कांग्रेसको प्रदेश १ मा भएको मतगणनामा २ मतअन्तरले पराजित भएका गुरू घिमिरेले मतगणनामा धाँधली भएको भन्दै पुनः गणनाका लागि माग गरेका छन्।

१४ औं महाधिवेशनअन्तर्गत प्रदेश नम्बर-१ को पदाधिकारी मतगणनामा धाँधली भएको भन्दै उनले पुनः मतगणना गर्न माग गरेका हुन्। ‘यो चित्तबुझ्दो मत परिणाम होइन,’ उनले सेतोपाटीसँग भने, ‘मैले निर्वाचन समितिमा पुन: मतगणनाका लागि उजुरी हालेको छु।’
दुई मतले पराजित गुरू घिमिरेले निर्वाचन समितिलाई निवेदन दिएर पुनः मतगणना गर्न माग गर्दै भने, ‘पुनः मतगणनाको अन्तिम मत परिणाम नआउन्जेल निर्वाचन समितिलाई कुनै कार्यक्रम अघि नबढाउन आग्रह छ।’

संस्थापनइतर समूहबाट उठेका घिमिरे संस्थापन–सिटौला पक्षका उमेदवार उद्धव थापासँग पराजित भएका थिए। मत परिणाममा चित्त नबुझेकोले पुनः मतगणनाको लागि निवेदन दर्ता गराएको घिमिरेले बताए।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल