Logo

समाचार

गगन थापा र प्रकाशमानलाई धक्का दिने गरी कांग्रेस बागमती प्रदेशको सभापति बनेका बानियाँ को हुन् ?



काठमाडौं – इन्द्र बानियाँ २०४४ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । २०५१ पछि लगातार उनी काँग्रेस महाधिवेशन प्रतिनिधि बन्दै आएका छन् । बानियाँ २०५३ मा नेविसंघ मकवानपुरको जिल्ला सचिव, २०५५ मा तरुण दलको जिल्ला सचिव, २०५६ मा तरुण दल जिल्ला अध्यक्ष पनि भएका थिए ।

२०६४ सालमा संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेर पराजित भएका बानियाँ २०७० मा भएको दोस्रो संविधान सभामा सांसद निर्वाचित थिए ।

त्यसपछि भए ०७२ भएको मकवानपुर जिल्ला अधिवेशनबाट बानियाँ सभापति बनेका थिए । २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी समेत बने ।

२०७४ सालमा मकवानपुर संघीय क्षेत्र २ को ख बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भए । प्रदेश सांसद बनेपछि बानियाँ सर्वसम्मत रुपमा काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता चयन भएका थिए ।

काँग्रेस बागमती प्रदेश सभापति बन्न भने बानियाँले संघर्ष गर्नुपर्यो । सभापति देउवा पक्षबाट निर्विकल्प रुपमा प्रदेश सभापतिको उम्मेदवार बनेका बानियाँलाई जित्न भने नेता कृष्णप्रसाद सिटौला पक्षको साथ चाहियो ।

सिटौला समूहबाट भीमसेन दास प्रधान प्रदेश सभापतिको प्रत्यासी बनेपछि बनियाँलाई जीत निकाल्न दोस्रो चरणको मतदानमा प्रक्रियामा जानुपर्ने अवस्था बन्यो । पहिलो चरणको मत परिणाम अनुसार तेस्रो भएपछि प्रधानले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका बानियाँलाई साथ दिए ।

प्रधानको साथ पाएपछि निर्माण व्यवसायी बानियाँ पौडेल पक्षीय जगदीश्वरनसिंह केसीलाई पराजित गरी काँग्रेस बागमती प्रदेशको पहिलो सभापति बन्न सफल भएका छन् ।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल