Logo

राजनीति

कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ निर्वाचित, जगदीश्वरनरसिंह केसीलाई कति मत ?



काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका उम्मेदवार इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।

दोस्रो चरणको निर्वाचनमा संस्थापनइतर पक्षका उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई पराजित गर्दै बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

बानियाँले १ हजार ८५ मत प्राप्त गरेका छन् । केसीले ९ सय २७ मत पाएका छन् ।

यसअघि पहिलो चरणको निर्वाचनमा बानियाँले ९ सय ९२ र केसीले ८ सय ७२ मत ल्याएपछि आज दोस्रो चरणको मतदान भएको थियो ।

पहिलो चरणमा तेस्रो भएका उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेका थिए ।

सभापति शेरबहादुर देउवानिकट बानियाँ बागमती प्रदेश संसदीय दलका नेतासमेत हुन् ।

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल