Logo

राजनीति

दुईपटक मृत्युको मुखबाट फर्केर आएको मान्छुे हुँ, नेता–कार्यकर्ताको विश्वासमाथि कुठाराघात गर्दिनँ: लिङ्देन



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूको मानमर्दन गर्न र कार्यकर्ताहरूको विश्वासघात गर्न आफू नेतृत्वमा नआएको बताएका छन्।

नवनिर्वाचित अध्यक्ष लिङ्देनले पार्टीका निवर्तमान अध्यक्षहरूको जीवनकालमै आफ्नो पार्टीलाई मुलुकको बलियो शक्तिको रूपमा स्थापित गराउने प्रतिबद्धता समेत व्यक्त गरे।

आइतबार काठमाडौंमा सपथ ग्रहण गर्दै उनले दुई पटक मृत्युको मुखमा पुगेर पनि बाँचेको आफूले नेताको सम्मान र कार्यकर्ताहरूको भावनामाथि चोट नपुर्‍याई आफ्नो पार्टीलाई बलियो बनाउने बताए।

नवनिर्वाचित अध्यक्ष लिङ्देनले यो मोरो पनि बदमास रहेछ भन्ने नपार्ने दृढता समेत व्यक्त गरे।

उनले अनुभवी नेताहरूको साथ लिएर पार्टीमा गल्ती नगर्ने बताए।

अध्यक्ष लिङ्देनले भने, ‘राजेन्द्र लिङ्देनले पार्टी चलाउन सक्छ भन्ने आशंका छ। पार्टीमा ममात्रै कहाँ छु ? मैले भने हाम्रो श्रद्धेय तीन नेताहरू हुनुहुन्छ। अनि हाम्रा पदाधिकारीहरू हुनुहुन्छ। कहीँ पनि त्रुटी गर्दैनौं। म आत्मविश्वासी छु। म गल्ती गर्दिनँ। मैले धोका दिँदिनँ। कसैलाई थुक्क यो मोरो पनि बदमासै रहेछ भन्ने पार्दिनँ भन्ने मेरो मनमा लाग्छ।’

आफू दुई चोटि मृत्युको मुखबाट फर्केर आएको भन्दै उनले भने,’ म दुईचोटि मृत्युको मुखबाट फर्केर आएको मान्छुे हुँ। एक चोटी माओवादी द्वन्द्वका बेला माओवादीहरूले सहरबीचमा पक्रेर हजारौं मानिसहरूले निर्घात कुटपिट गरेर अब यति भए यो मान्छे बाँच्दैन बाँच्यो भने पनि गरिखान सक्दैन भनेर फ्याँकेको मान्छे, बाँचेर यहाँसम्म आएँ। अस्ति यो महामारीमा एकैरात ढिलो ल्याएको भए म आज तपाईंहरूको बीचमा हुन्नथ्यें। म पटक/पटक मृत्युको मुखबाट फर्केर आएको दुई चार वर्ष बाँच्नको लागि मात्रै हो ? मर्न त मर्छु।’

नेताहरूको मानमर्दन गर्न र कार्यकर्ताको विश्वासमाथि कुठाराघात गर्न आफू नेतृत्वमा नआएको उनले बताए।

‘मलाई विश्वास छ–हामी सबै मिलेर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तपाईंहरूको जीवनकालमै राप्रपा यो मुलुकको बलियो शक्ति भएको देखाउँछौं। त्यो विश्वासका साथ हामी काम गर्छौं। यो पार्टीभित्र कुनै गुट छैन, समूह छैन,’ उनले भने।

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल