Logo

समाज

पूर्व युवराज पारस शाहको सम्पत्ति कति ?



काठमाडौं – पूर्व युवराज पारश शाह अरु राज परिवारका सदस्य भन्दा निक्कै फरक शैलीका छन्। यहि फरक शैलीका कारण पनि बेला बेलामा चर्चामा आउने गर्छन्। बाहिरबाट उनको स्वभाव नराम्रो देखिए पनि भित्रबाट उनी निकै मिलनसार भएका उनका नजिकका साथीहरु बताउने गर्दछन्।

पारश शाहाको जन्म वि:स २०२८ सालमा राजा ज्ञानेन्द्र शाहा र रानी कोमल राज्य लक्ष्मी शाहाको कोखबाट भएको थियो। उनी ज्ञानेन्द्रका एक्ला छोरा हुन्। उनकी एक बहिनि छिन्।

उनि २८ वर्षको हुँदा हिमानी शाहसँग विवाह गरे। अहिले उनका ३ वटा सन्तान रहेका छन्। तर अहिले भने उनीहरुको सम्बन्ध निकै बिग्रेको देखिन्छ। उनले नेपालका मात्र हैन विदेशी स्कुल, कलेज पनि निक फेरेका थीए।

बेला बेलामा विभिन्न कारण समाचारको हेड्लाइन बन्ने पारश आजकल निकै साधु सन्तको भेषमा देखिन्छन्। यति मात्र हैन कि उनले राजा बन्न पनि मन नभएको भनेर उनले एक अन्तरवार्तामा भनेका थिए।

उनकाे कुल सम्पत्ति कति ?

पारश शाहाका पिता राजा ज्ञानेन्द्र राजाको भने निक्कै सम्पत्ति रहेको छ। उनि एक व्यपारी पनि हुन्। तर पारश भने अरु भन्दा निकै फरक भएका कारण उनलाई यो सम्पत्ति पैसा भन्दा पनि प्रकृतिसँग रमाउने र आफु खुल्लारुपले हिँड्न पाए पुग्छ भन्ने मनासाय भएका कारण नै उनीसँग धेरै सम्पति छैन।

उनको नाममा भएको सम्पत्ति भने एउटा बाइक छ। जुन बाइकको मूल्य नेपाली बजारमा ६० लाख रहेको छ। त्यसका साथै एउटा अपार्टमेन्ट रहेको छ। अनि आज सम्म पनि सायद थोरै मानिसलाई थाहा भएको कुरा भनेको उनको एउटा गाडि रहेको छ। जुन कुरा धेरैलाइ थाहा छैन।

त्यो गाडिको नाम भनेको ट्राइंफ स्पिटफायर १५०० हो। जस्सको आज सम्म फोटो कसैले पनि खिच्न पाएको छैन्। एक पटक नागरिक दैनिकका पत्रकारहरुले बाटोमा गुडेको समयमा राम्रो लागेर यत्तिकै खिचेका थिए तर पछि आएर त्यो फोटो डिलिट गर्न लगाइएको थियो। अब तपाईले आफै अनुमान गर्न सक्नु हुने छ उनको सम्पत्ति कति छ भनेर।

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल