Logo

राजनीति

राप्रपा अध्यक्ष बनेपछि राजेन्द्र लिङ्देनका बुवाले भने, ‘अब प्रधानमन्त्री भएको देख्ने इच्छा छ’



पाँचथर : छोरो राप्रपाको अध्यक्षमा निर्वाचित भएको खबरसँगै आइतबार बिहानैदेखि राजेन्द्र लिङदेनको पुख्र्यौली थलो पाँचथरको हिलिहाङ ३ दोरम्बा र अमरपुरको गाँउ बस्तीका मानिसमा निकै उत्साह देखिन्थ्यो ।

धेरैले झापामा रहेका उनका पिता मानप्रसादलाई फोनबाटै बधाइ दिए भने केहि खुशी साटासाट गर्न तराइ झर्नेहरुको पनि कमी थिएन ।‘राजेन्द्र कक्षा तीनमा पढ्दैगर्दा मेरो परिवार झापा बसाइ स¥र्यो, स्कुल पढ्दैदेखि उस्लाई राजनितिमा सौख थियो,

सानै उमेरमा साविक गोलधाप ३ को वडाध्यक्ष र राप्रपाको भातृ संघठन राप्रविसंघको सस्थापक सभापति भएसँगै उस्ले राजनितिमा उचाइ लिन्छ भन्ने बिश्वास जाग्न थाल्यो, २०६१ मा राजा ज्ञानेन्द्रले शाषन सत्ता हात लिए लगत्तै झापा जिविसको सभापति मनोनयन गरेपछि चुनौतीसँगै काम गर्दै उस्को आत्मबल थप दर्बिलो भयो ।’ राजेन्द्रका पिता मानप्रसादले टेलिफोनमा भने ।

पाँचथरको हिलिहाङ गाँउ पालिका अन्तरत साविक अमरपुर गाउ विकास समिति वडा नम्बर ३ दोरम्बा घर मानप्रसाद नेपाल प्रहरीमा जागिर खाने सिलसिलामा छिमेकी जिल्ला ताप्लेजुङको ढुंगेसाँगु १ मा रहेका बेला राजेन्द्र २०२२ सालमा त्यहि जन्मेका थिए ।

‘कठिन परिस्थितिमा राप्रपाले उठाएका हिन्दु राज्य र संबैधानिक राजस्था लगायतका एजेण्डा लिएरै राप्रपाको अध्यक्ष जित्यो । अब प्रधानमन्त्री बनेको देख्ने इच्छा छ ।’ मानप्रसादले थपे । सानो छँदैदेखि आफ्ना तर्कमा ढिट राख्ने राजेन्द्रले देशको नेतृत्व गर्ने जिम्वेवारी पाए भ्रष्टाचार न्युनिकरणसँगै असल शाषन स्थापनामा मदत पुग्ने मानप्रसादको बिश्वास छ ।

राजेन्द्र मानप्रसादका १० छोराछोरी मध्ये जेठा हुन । उनीका ४ जना भाइ र ५ जना दिदी बहिनी छन । मेची क्याम्पस भद्रपुरमा बिए पास गरेका उनले त्रिभुवन विश्वविद्यालयमा एमए सम्मको अध्ययन पुरा गरेका हुन ।

लामो समयसम्म राप्रपाको नेतृत्व गरेका कमल थापालाई पराजित गर्दै अध्यक्ष बनेका राजेन्द्रलाई पार्टि भित्रको अन्तर संघर्ष व्यवस्थापनसँगै पार्टिले उठाउदै आएको हिन्दु राष्ट्र र संबैधानिक राजसस्थाका मुद्वालाई सस्थागत गर्ने चुनौतीसँगै जिम्वेवारी थपिएको छ ।

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल