Logo

राजनीति

ज्ञानेन्द्र शाहपछि हिमानीमाथि पनि खनिए कमल थापा



काठमाण्डौ – कमल थापालाई चुनावमा हराउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष राजेन्द्र लिङ्देन हुँदा पूर्वयुवराज्ञी हिमानी शाह निकै खुसी भएकी छन्।
लिङ्देन राप्रपा अध्यक्षमा विजयी हुनासाथ आइतबार बिहान सामाजिक सञ्जालमार्फत लिङ्देनको उच्च प्रशंसा गर्दै बधाई र शुभकामना व्यक्त गरेकी हुन्।

‘अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना’, हिमानीले लेखेकी छन्, ‘राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ।’

उता आफ्नो हारमा पूर्व राजपरिवारको हात रहेको भन्दै रुष्ट कमल थापाले भने हिमानीको भनाइप्रति व्यंग्य गरेका छन्। थापाले अब चाँडै राजसंस्था पुनस्थापना हुने भएको हुँदा हिमानी शाहलाई पनि हार्दिक बधाई तथा शुभकामना भन्दै व्यङग्य गरेका छन् ।

आइतबार बिहान पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै पराजयको मुख्य दोष थोपरेका थापाले केहीअघि हिमानी शाहमाथि रिस झारेका हुन्। हिमानीले ट्विटरमार्फत राप्रपाको अध्यक्ष पदमा विजयी राजेन्द्र लिङ्देनलाई बधाई दिएपछि थापाले जवाफमा आक्रोश व्यक्त गरेका हुन्।

हिमानीले @HimaniSh123 बाट गरेको ह्यान्डलबाट लिङ्देनलाई बधाई दिँदै गरेको ट्विटमा कमल थापाले आक्रोशित भएर जवाफ फर्काएका हुन्।हिमानीले लेखेकी थिइन्-‘अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना!’

ट्विटमा भनिएको थियो, ‘राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ।’उक्त ट्विटको जवाफमा थापाले लेखेका छन्- ‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानी शाहलाई पनि हार्दिक बधाई तथा शुभकामना!’यसअघि थापाले ज्ञानेन्द्र शाहलाई अब बोकेर नहिँड्ने भन्दै आक्रोश देखाएका थिए।’अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देन लाई हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना!’, ट्विटमा भनिएको थियो, ‘राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ।’

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल