Logo

स्वास्थ्य

ओमिक्रोन कोरोना विश्वभर फैलिदै, यी ४३ देशहरुमा पुष्टि



काठमाडौं –विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ४३ देशमा फैलिएको जनाएको छ। यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो।

अहिले डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्सन घोषणा गर्दै त्यसलाई ओमिक्रोन नाम दिएको छ। ओमिक्रोनका बिरामी एशियाका ७ देशमा पुष्टि भएको छ।

जसमा जापानमा दुई जना सहित हगंकगं, दक्षिण कोरिया, ईण्डिया, मलेसिया र श्रीलंका रहेका छन्। ओसियाना क्षेत्रमा अष्ट्रेलियामा ओमिक्रोन भाइरसका बिरामी पुष्टि गरिएको छ।

यसैगरि उत्तरी अमेरिकामा अमेरिका र क्यानडामा कोरोनाको नयाँ म्यूटेन्ट ओमिक्रोन स्ट्रेनका बिरामी भेटिनेक्रम बढेको छ। मध्य र दक्षिणी अमेरिकाको मेक्सिको, ब्राजिल र चिलिमा ओमिक्रोन भाइरसका बिरामी भेटिईसकेका छन्।

युरोपमा बेलायत, जर्मनी, फ्रान्स, ईटाली, नेदरल्याण्डस्, बेल्जियम, डेनमार्क, चेक रिपब्लिक, अष्ट्रिया, स्विडेन, फिनल्याण्ड, नर्वे, स्पेन, पोर्चुगल, स्विजरल्याण्ड, आयरल्याण्ड, ग्रिस, आईसल्याण्ड, लक्जम्बर्ग र रोमानियामा नयाँ कोरोना भाइरस ओमिक्रोनबाट संक्रमित पुष्टि गरिएको छ।

मध्य पूर्वमा ईजरायल, साउदी अरेबिया र युनाईटेड अरब ईमिरेट्समा ओमिक्रोन भाइरस संक्रणण भेटिएको छ। पहिलो पटक पुष्टि गरिएको हप्तादिनमा ४ दर्जन देशमा फैलन पुगेको ओमिक्रोन कोरोनाका बिरामी दैनिक एक दर्जन देशमा पुष्टि हुन थालेको छ। यसका साथै सामुहिक रुपमा समेत संक्रमण हुन थालेको पाईएको छ।

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल