Logo

राजनीति

महामन्त्रीमा पराजित भएपछि रेखा थापाले कुन्ती शाहीको नाम लिदै यसो भनिन्…



काठमडौं – राप्रपा महिला महामन्त्रीमा कुन्ती शाहीसँग पराजित भएपछि रेखा थापाले आफू पार्टीमा आएको चार वर्ष भएपनि सम्मानजनक मत पाएको प्रतिक्रिया दिएकी छन् ।

राजेन्द्र लिङदेनको प्यानलबाट चुनाव लडेकी रेखाले पार्टीमा २० वर्षदेखि सक्रिय कुन्तीले जित्नु स्वाभाविक भएको बताइन् ।

“कुन्ती दिदीलाई मेरो धेरै धेरै बधाई र शुभकामना छ । अब उहाँले राम्रोसँग काम गर्नुहुन्छ भन्ने अपेक्षा लिएकी छु । चुनावी मैदानमा आरोप प्रत्यारोप हुनु सामान्य प्रक्रिया हो । म पार्टीमा आएको भर्खर चार वर्ष भयो । दिदी २० वर्षदेखि पार्टीमा हुनुहुन्छ ।

पार्टीमा दिएको योगदानका हिसाबले दिदीले जित्नु स्वाभाविक हो । मैले अझ धेरै होमवर्क गर्नुपर्ने देखेकी छु । यो मत मेरा लागि विजयीको मत हो,” उनले भनिन् । रेखाको पक्षमा १६ सय ४० मत खसेको थियो । कुन्ती २ हजार ८ मत ल्याएर विजयी भइन् ।

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल