Logo

समाचार

को हुन द ग्रेट खलि ? जसले ब्रायन ओङ्गलाइ मारेका थिए



रेसलिङ विश्वव्यापीरुपमा लोकप्रिय खेल हो। शक्तिको प्रर्दशन गरेर आफ्नो बाहुबलको रुपमा खेल्ने खेलाडीको संख्या नेपालमा निकै कम छ।

संसारमा नै चिनीनेगरि ब्यावसायिक रुपमा रिङमा आफ्नो बहुबल देखाउने खेलाडी नेपालमा नरहेपनि छिमेकी भारतका द ग्रेट खलि भने विश्वमा चर्चा कमाउने खेलाडी मध्यका एक नम्वरमा पर्छन।

को हुन् खलि ?

द ग्रेट खलीको जन्म २७ अगस्त १९७२मा भारतको हिमाञ्चल प्रदेशमा भएको थियो।एउटा सामान्य गाँउको किसान परिवारमा जन्मेका खली सानो छदा सामान्य बालक सरह नै थिए।

वास्तविक नाम दिलीप सिहं राणा रहेका उनी खेल जिवनको नाम खली बाट चिनीने गरेका छन। २०१४मा संसारका सबैभन्दा लामा रेसलरको सुचीमा पर्न सफल खलीको जिन्दगीमा चर्चीतहुनु भन्दा पहिलेको जिवन मध्यम बर्गीय नै रहेको थियो।

उनले आफ्नो घर परिवार चलाउनकैलागि घरको पालेको कामपनि गरेका थिए। पाले काम गर्दा गर्दै पुलिसले राम्रो जिउ डाल देखेर प्रहरीमा जागिर खान आग्रह गरेपछि उनले प्रहरीमा जागिर शुरु गरे।

जागिरका क्रममा उनले आफ्नु शरीर अझै बलियो बनौना जिम जान थाले। जब उनि जिम गएर आफ्नु मसाल अझै कडा बनाएपछि भारतमा स्थानिय रेस्लिङ्ग खेल्न थाले।

१९९०को दशकमा जव अमेरिकामा रेसलिङ चर्चाको शिखरमा थियो। त्यो समयमा भारतका कोहिपनि खेलाडी अमेरिकी रिङमा टेक्न सकेका थिएनन।

त्यहि समयमा भारतमै रहेका खलीले प्रोफेसनल रेसलिङको ट्रेनिङ लिएर आफुले विश्वलाई चिनाउने अठोट गरेका थिए। आफ्नो अठोट पुरागर्नको लागि धेरै नै मेहनत र दुःखका साथ तालिम लिएर आज उनि आफ्नो लक्षमा पुग्न सफल रहेका छन।

सन् २००० बाट अमेरिकाको सबै रेसलिङ अभ्यास खेलबाट आफ्नो रिङ भित्रको खेलजिवन शुरु गरेका खलीलाई त्यो समयमा जेन्ट खलीको नामबाट चिनीने गर्देथे।

यहि समयमा ट्रेनिङ्गको क्रममा सन् २००१ मा ब्रायन ओङ्गलाइ रिङ्गमा २ पटक लडाएकाले बेहोस भएका थिए बेहोसी ब्रायन ओङ्गलाइ अस्पताल पुर्याउन नपाइ उनको निऽधन भएको थियो।

जसका कारण उनिसँग रेस्लिङ्ग खेल्न डराउथे। २००६ मा अमेरिकी रेसलिङको संस्था डब्लु डब्लु ईमा गएर खेल्ने उनि अन्तराष्ट्रिय खेलाडी बनि सकेका थिए।

डब्लु डब्लु ई मा उनको पहिलो प्रतिस्पर्धा रेसलिङमा प्रख्यात नाम द अन्डर टेकरसंग हुन गएको थियो। रेसलिङको संसारका बादशाह रहेका अन्डर टेकरसंगको उनको प्रतिस्पर्धालाई सबैले चासोको साथमा हेरेका थिए।

तर खलीका लागि त्यो खेल नै जिन्दगीको यस्तो मोड बनेर आईदियो कि खलीलाई संसारले राम्रै चिन्ने मौका पायो। अन्डर टेकरसंगको पहिलो खेल बराबरीमा रोकिएपछि उनको बहादुरीको चर्चा रहेको थियो। जसले गर्दा अहिले सम्म पनि उनले रेस्लिङ्गको करियरमा पछाडी फर्केर हेर्नु परेको छैन।

प्रकाशित : १८ मंसिर २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल