Logo

राजनीति

चितवनबाट फन्किएर हिँडेका लालबाबु पण्डितलाई अहिले आएर पछुतो !



काठमाडौं – चितवनमा सम्पन्न नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा नेता लालबावु पण्डित निकै चर्चामा रहे । एमाले अध्यक्ष ओलीले पदाधिकारीमा नराखी केन्द्रिय सदस्यमा मात्रै नाम प्रस्ताव गरे पछि फन्किएर उनी काठमाडौँ हिँडेका थिए ।

पाँच बर्षमा आउँने महाधिवेशनलाई राजनितीक कार्यकर्ताले ठुलो उत्सवका रुपमा लिने गर्दछन् । तर लालबावु पण्डित भने आफुले प्राप्त गरेका मताधिकार समेत प्रयोग नगरि झोक्किएर काठमाडौँ हानिएका थिए ।

पण्डितले अब कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा गरेका थिए । आफुले विश्वास गरेको आफ्नै मान्छले धोका दिएको भनेर जंगिएर काठमाडौँ फर्किएका पण्डित विस्तारै कूल हुँदै गएका छन् ।

‘रिस खा आफु बुद्धि खा’ अर्को भने जस्तै लालबावु रिसाएको मौका पाएर चलाउँनेहरुले उनी माधव नेपालको पार्टीमा प्रवेश गर्न लागेको समेत हल्ला चलाए ,त्यससलाई उनले खण्डन गरेका छन् ।

लालबावु अहिले कुन मनोवृतीमा रहेका छन् भन्ने कुरा उनलाई सामाजिक संजालमा हेर्दा प्रष्ट हुन सकिन्छ । कार्यकारी पदमा नबस्ने घोषणा पनि उनले सामाजिक संजाल बाटनै गरेका थिए भने भोलिपल्टै उनले महाभारतको पात्र भिष्म सँग आफुलाई तुलना गरेर स्टाटस लेखेका थिए । उनी अहिले विस्तारै शान्त बन्दै गएका छन् ।

पण्डितले त्यस बखत लेखेका थिए, ‘गंगा पुत्र भीष्म आफना सम्पूर्ण निजी स्वार्थहरु त्यागी रास्ट्र र वंशीय राज्य सत्ता को लागि जती नै पवित्र बिचार राखेर अघि बढ़े पनि आफनै बंशका आफनै प्रिय पात्रबाट अतिनै दुखदायी मृत्यु बरण हाँसी हाँसी गर्नु परेको इतिहास साच्छि रहेको छ ।त्यसैले महाभारत र इतिहास पढनु को साथै समझनु जरूरी रहेछ।’

फेसबुकमा पण्डितले यस्तो लेखे पछि उनी अब दलबल सहित नेकपा एसमा प्रवेश गर्न लागेको हल्ला चलेको थियो। यस्तो हल्ला चले पछि पण्डित फेरी कडा भएर निस्कीए उनले ती हल्लाखोरहरुलाई फेसबुक बाटै दनक दिए ,त्यस पछि फेरी उनले लखेका थिए, ‘नेकपा एमाले पार्टी र मेरो बारेमा भ्रम पार्न कसैले खोजे विश्वास नगर्न, जोड़दार प्रतिवाद गर्न हार्दिक अनुरोध गर्दछु।’ पण्डित यो बेला सम्म केहि शान्त भैसकेका थिए।

पण्डितको यो स्टाटस यस्तो अस्त्र बन्यो की नेकपा एसका कार्यकर्ताहरुको मुख बन्द भयो भने नेकपा एमालेका देशभरका कार्यकर्ताले उनलाई सम्मान दिन थाले र उनको प्रशंसा गर्न थाले । राम्रो प्रतिक्रिया पाउँदै जाँदा उनको रिसको पारो पनि कम हुँदै गयो र उनी रिसमा कुनै पनि निर्णय गर्न नहुने रहेछ भन्ने ठाउँ सम्म पुगे ।

भोलिपल्ट एउटा आदर्श वचन पण्डितले फेसबुकमा राखेका छन् जसमा लेखिएको छ, ‘समयलाई बुझ्न सिक्नुहोस्, रिसलाई रोक्न सिक्नुहोस्, पीडालाई भोग्न सिक्नुहोस् ,गल्तीमा झुक्न सिक्नुहोस्, जीन्दगीको यात्रा निकै सरल हुनेछ।’ यहाँ सम्म आइपुग्दा उनी पुरै बुझिकी मुडमा देखिएका छन् ।

दुई दिन अघि यस्तो स्टाटस लेखे पछि उनी पुरै शान्त छन् । उनले कतै केहि लेखेका पनि छैनन् र कुनै मिडियामा बोलेका पनि छैनन् । मिडियाकर्मीले गरेको फोन समेत नउठाई पण्डित अहिले चुपचाप छन् । सायद उनले लेखे जस्तै रिसलाई रोक्ने र गल्तीमा भुक्ने अभ्यासमा उनी छन् । आफ्नो निर्णय र आवेगमा पण्डितले गल्ती बोध गरेका छन् ।

प्रकाशित : १८ मंसिर २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल