Logo

स्वास्थ्य

खोकीले सतायो ? अपनाउनुस् यी घरेलु उपाय



काठमाडौं – खोकीले हरेक उमेर समूहका मानिसलाई सताएको हुन्छ। लहरखोकीले चाँहि विशेष गरी बालबालिकालाई समस्यामा पारेको हुन्छ।

लहरेखोकी एक ब्याक्टेरिया संक्रमण हो र एक व्यक्तिबाट अर्को व्यक्तिमा यो सर्छ । यो रोग लागेपछि रोगीले निरन्तर खोक्ने, अनायासै खोक्न थाल्ने, सास लिन अप्ठ्यारो हुने जस्ता समस्याको सामना गर्छ । यहाँ हामी लहरेखोकीको घरेलु उपचार बताउँदैछौं ।

अदुवा : अदुवामा एन्टीब्याक्टेरियल तत्त्व हुन्छ र यसले कफलाई सिध्याउन सहायता गर्छ । अदुवा पिँधेर रस निकाल्नुस् । अब त्यसमा मह मिसाएर पिउनुस् । अदुवाको रस, कागतीको रस र प्याजको रस मिसाएर पिउनुभए पनि हुन्छ । दिनदिनै अदुवा चपाउँदा पनि लहरेखोकीलाई केही हप्तामा हटाउन सकिन्छ ।

बेसार : बेसारमा एन्टीब्याक्टेरियल, एन्टीभाइरल तत्त्व हुन्छन् र तिनले खकार जम्न दिँदैनन् । एक चम्चा महमा बेसार मिसाएर खानुस् । यसबाहेक बेसार हालेको दूध पनि पिउन सक्नुहुन्छ । बेसारले रुघाखोकीलाई चाँडो नाश गर्छ ।

लसुन : एउटा लसुन मसिनो गरी काटेर पानीमा उमाल्नुस् । अब त्यही पानीले बाफ लिनुस् । दिनदिनै बाफ लिँदा दुई हप्तामा लहरेखोकी ठीक हुन्छ । आहारमा लसुन समावेश गर्नुभयो भने जाडोका समस्याबाट मुक्ति पाइन्छ

ज्वानो : चार चम्चा जैतूनको तेल तीनचार अलिकति ज्वानो हालेर हलुका तताउनुस् । तेल मनतातो पारेर राति सुत्नुअघि छातीको मालिश गर्नुस् ।

मुलेठी : गला खराब हुँदा वा खोकी लाग्दा मुलेठी सेवन गर्नुस् । मुलेठीको एक सानो टुक्रा चुस्ने गर्दा लहरेखोकीबाट राहत प्राप्त हुन्छ ।

मह र मूलाको रस : एक चम्चा महमा एक चम्चा मूलाको रस मिसाएर पिउनुस् । त्यसमा सीधे नून मिसाएर पनि पिउन सक्नुहुन्छ । दिनको दुईचोटि पिउँदा खकार र लहरेखोकीको समस्याबाट मुक्ति पाइन्छ ।

केसर : लहरेखोकी ठीक पार्नका लागि केसर अचूक औषधि हो । यसमा भएको एन्टीब्याक्टेरियल तत्त्वले संक्रमण रोक्नुका साथै रुघाबाट पनि मुक्ति दिन्छ । केसरको स्टिग्मामा आधा कप पानी हालेर घोल्नुस् । यो घोललाई दिनदिनै सेवन गर्नुस्।

प्रकाशित : १८ मंसिर २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल