Logo

मनोरञ्जन

दुई विषयमा ‘ए प्लस’ ल्याउँदै करिश्मा मानन्धरले पास गरिन् प्लस टु GPA कति ?



काठमाडौँ – अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ उत्तिर्ण भएकी छन् । गएको भदौ–असोजमा सञ्चालन भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको हो ।

अभिनेत्री मानन्धर २.४१ जिपिए ल्याएर उत्तिर्ण भएकी हुन् । उनले दुई विषयमा ए प्लस जिपिए ल्याएकी छन् । ‘कोरोना महामारीका कारण नियमित कक्षा जान पाइएको थिएन, छोटो समयको तयारीले पनि राम्रै भएछ जस्तो लाग्यो, खुशी छु’, माननन्धरले देश सञ्चारसँग भनिन् ।

उनले अब स्नातक पढ्ने योजना रहेको बताइन् । उनले भनिन्, ‘मलाई अझै पढ्ने इच्छा छ । समाजशास्त्र वा ग्रामीण विकास मुल विषय लिएर पढ्ने योजना छ ।’

प्रकाशित : १८ मंसिर २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल