Logo

राजनीति

पौडेल–कोइरालाले उम्मेदवार तय गर्न नसकेपछि सभापतिमा रञ्जीत कर्णको उम्मेदवारी, प्रदेश दुईमा बदलियो माहोल



काठमाडौं, १७ मंसिर – नेपाली कांग्रेसका नेता रञ्जीत कर्णले प्रदेश–२ को सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहित संस्थापनइतर समूहले उम्मेदवार तय गर्न नसकेपछि नेता कर्णले उम्मेदवारी दिने तयारी गरेका हुन् ।

पौडेल समूहबाट कोषाध्यक्ष सीतादेवी यादव, किरण यादव, रामचन्द्र यादवसहितका नेताहरू जनकपुर पुगेका छन् ।

तर, पौडेल, कोइरालाको टिमबाट उम्मेदवार तय नभएपछि संविधानसभा सदस्य कर्णलाई उम्मेदवार बन्न नेता–कार्यकर्ताले आग्रह गरेका छन् ।

सभापति शेरबहादुर देउवा समूहबाट रौतहटका पूर्वसभापति कृष्ण यादव र उपसभापति बिमलेन्द्र निधि समूहबाट नेता रामसरोज यादवले उम्मेदवारी दिएका छन् ।

तर, पौडेल समूहले उम्मेदवार छान्न नसकेपछि नेता कर्णले उम्मेदवारी दिने तयारी गरेका हुन् । ‘मलाई पार्टीका साथीहरूले उम्मेदवारी दिन आग्रह गर्नुभएको छ, काँग्रेस बँचाउन यो जिम्मेवारी लिनु भन्ने आग्रह छ, म छलफलमै छु,’ कर्णले भने ।

वीपी कोइरालालाई साक्षी राखेर विश्वप्रकाशको उम्मेदवारी

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल