Logo

पत्र-पत्रिका

कक्षा १२ को परीक्षाफल प्रकाशित हुँदै



काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल भोली सम्म प्रकाशित हुने भएको छ । बोर्ड स्रोतका अनुसार सकभर आज नभए भोली सम्म प्रकाशित हुने भएको छ । स्रोतका अनुसार अहिले ३ बजे बोर्डले बैठक बोलाएको छ ।

बैठकमा परीक्षाको सबै तयारीको अवस्थाबारे तयार गरीएको (डमी) देखाउने र डमी ओके भएपछि परीक्षाफल प्रकाशित गर्ने भएको छ ।

बोर्ड स्रोतका अनुसार डमीमा केही समस्या भए भोलीसम्म परीक्षाफल प्रकाशित गरिने भएको छ । सकभर आज नभए भोली बिहीबारभित्र परीक्षाफल प्रकाशित हुनेछ स्रोतले भन्यो । भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा परीक्षामा परीक्षामा ३ लाख ७५ हजार विद्यार्थी सहभागी भएका थिए । कोभिडको कारण होम सेन्टर कायम गरेकोले यो वर्षपनि एप्लस र ए ल्याउने विद्यार्थीके संख्या अधिक देखिने अनुमान गरिएको छ ।

कोभिडको कारण परीक्षा दिन नपाएका परीक्षार्थीले आजबाट परीक्षा दिएका छन् । कोभिडका कारण परीक्षा दिन छुटेका ४१ जना विद्यार्थी परीक्षामा सहभागि छन । यी विद्यार्थीको परीक्षाफल १० दिनभित्र प्रकाशित हुने तयारी बोर्डले गरेको छ ।

प्रकाशित : १६ मंसिर २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल