Logo

राजनीति

कति छन् कांग्रेसमा ७५ वर्ष पूरा भएका नेताहरू ?



काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १४औं केन्द्रीय महाधिवेशनको मिति तय गर्दै त्यसको तयारीलाई तीव्र बनाएको छ। महाअधिवेशन नजिकिएपछि गाउँमा पनि चुनावी चहलपहल शुरु भएको छ।

नेपाली कांग्रेसमा ७५ वर्ष पूरा भएका क्रियाशील सदस्यहरूको संख्या ११ हजार ६ सय २३ रहेको छ। कांग्रेस केन्द्रीय कार्यालयका अनुसार यो संख्या प्रतिशतको हिसावले १ दशमलव ३० प्रतिशत हुन आउँछ।

७५ वर्ष उमेर पुगेको समूहमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पनि पर्छन्। कांग्रेसमा १६ देखि २५ वर्ष उमेर समूहका क्रियाशील सदस्यको संख्या ३८ हजार ९ सय ४२ रहेको छ।

२६ देखि ४० वर्ष उमेर पुगेका क्रियाशील सदस्यको संख्या २ लाख ४३ हजार २ सय ८७ रहेको छ। १६ देखि ३० वर्षको उमेर समूहका क्रियाशील सदस्यमा १ लाख २३ हजार ४ सय ६२ रहेका छन्।

४१ देखि ६० वर्ष समूहमा ३ लाख २१ हजार १ सय ७४ रहेका छन्।६१ देखि ७५ वर्षको समूहमा ८१ हजार ६ सय ४७ जना क्रियाशील सदस्य रहेका छन्।

प्रकाशित : १६ मंसिर २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल