Logo

समाचार

जगदीश्वर नरसिंह केसीले कांग्रेस बागमती प्रदेश सभापतिमा उम्मेदवारी दिने



काठमाडौं, १५ मङ्सिर – नेपाली कांग्रेसका नेता जगदीश्वर नरसिंह केसीले बागमती प्रदेश सभापतिमा उम्मेदवारी दिने भएका छन् । काँग्रेस नुवाकोट जिल्लाका पूर्वसभापति केसी प्रदेश सभापति पदको उम्मेदवार बन्ने भएका हुन् ।

केसीलाई काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन रहेको छ । सात वटै प्रदेश कार्यसमितिका लागि उम्मेदवार टुंगो लगाउन पौडेल समूहले बुधबार मात्रै सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरूलाई जिम्मा दिएको थियो ।

बागमती प्रदेश सभापतिका लागि पौडेल समूहबाट केसीसहित काभ्रेका पूर्वसभापति मधु आचार्य, धादिङका पूर्वसभापति रमेश धमला, काठमाडौं जिल्लाका पूर्व सचिव राजुराज जोशीलगायत आकांक्षी थिए ।

बुधबार साँझ वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगनकुमार थापा लगायतको बैठकले केसीलाई छनोट गरेको हो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समूहबाट मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट नेता भीमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

बागमती प्रदेश अधिवेशनमा मंसिर १७ गते मनोनयन दर्ता र १८ गते मतदान हुने निर्वाचन कार्यतालिका छ । बानियाँ र प्रधानभन्दा केसीको प्रभाव राम्रो रहेको काँग्रेसका एक नेताले बताएका छन् ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल