Logo

राजनीति

राप्रपा महामन्त्री उठ्दै रेखा थापा



काठमाडौं- राप्रपा नेतासमेत रहेकी नायिका रेखा थापा पार्टीको महामन्त्री पदमा उठ्ने तयारी गरेकी छन्। आजदेखि काठमाडौंमा राप्रपाको महाधिवेशन सुरू भएको छ।

उम्मदेवारी दर्तालगायत कार्यक्रम बिहीबार हुनेछ। राप्रपामा अध्यक्ष कमल थापा र पूर्वमहामन्त्रीसमेत रहेका सांसद राजेन्द्र लिङ्देन अध्यक्ष पदमा उठ्ने तयारीमा छन्।

रेखा लिङ्देन पक्षबाट महामन्त्री पदमा उठ्ने तयारीमा छिन्। महामन्त्रीमा रेखासहित लिङ्देन पक्षबाटै नेता गोविन्द खनिया र नेपालगञ्ज उपमहानगरका मेयरसमेत रहेका नेता धवलशम्शेर राणा पनि आकांक्षी छन्।

राप्रपामा अध्यक्ष थापा र लिङ्देन पक्षबाट अध्यक्ष, उपाध्यक्ष र महामन्त्री पदमा प्यानलसहित नै उम्मेदवारी दर्ता हुने सम्भावना छ। आज उद्घाटन सत्र सकिएपछि बन्द सत्र हुनेछ। बिहीबार उम्मेदवारको मनोनयन दर्ता र निर्वाचन हुनेछ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल