Logo

राजनीति

एमाले निर्वाचन अपडेट : केपी ओली १२००, रावललाई ८२ मत



नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको परिणाम आइरहेको छ। सुरुवाती नतिजामा अध्यक्षमा केपी शर्मा ओलीले प्रतिस्पर्धी भीम रावललाई फराकिलो अन्तरले पछि पारेका छन्।

ताजा परिणाम अनुसार ओलीले १२०० मत ल्याउँदा रावलको पक्षमा ८२ मत मात्रै झरेको छ। निर्वाचन आयोगका अनुसार ओलीले रावललाई धेरै फराकिलो मतले पछि पारेका हुन्।

अहिले सेभेन स्टार होटलस्थित एलिफेन्ट कन्फ्रेन्स हलमा मतगणना भइरहेको छ। निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मतगणना सुरू भएको दुई घण्टामै परिणाम सार्वजनिक भइसक्ने बताएका छन्।

एमालेमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए। जसमा दुई हजार ९६ मत खसेको छ। विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने सुब्बाले बताए। अध्यक्षमा केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच प्रतिस्पर्धा भएको छ।

एमालेको नेतृत्व चयनका लागि मंगलबार बिहान ४ बजेदेखि मतदान भएको थियो। निर्वाचन आयोगका अध्यक्ष सुब्बाका अनुसार महाधिवेशनमा दुई हजार एक सय ५३ मतदाता थिए।

एमाले अध्यक्ष, उपाध्यक्ष र सचिवसहित केही केन्द्रीय सदस्यका लागि मतदान भएको हो। ६ उपाध्यक्षका लागि सात जनाबीच प्रतिस्पर्धा छ। उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्।

त्यस्तै ओलीको सूचीमा नरहेका घनश्याम भुसाल पनि प्रतिस्पर्धामा रहेका छन्। सात सचिवमा नौ जनाबीच प्रतिस्पर्धा छ। टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालबीच प्रतिस्पर्धा छ। उनीहरू सबै अध्यक्ष ओलीको सूचीका हुन्। त्यस्तै सूचीमा नरहेका भीम आचार्य र टंक कार्कीले पनि प्रतिस्पर्धा गरिरहेका छन्।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल