Logo

स्वास्थ्य

कोरोनाको नयाँ भेरियन्ट ‘ओमाइक्रोन’ संक्रमण भएमा कस्ता लक्षणहरु देखिन्छन् ? जान्नुहोस्



एजेन्सी – कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबारे सबैभन्दा पहिला पत्ता लगाउने दक्षिण अफ्रिकी डाक्टर एन्जेलिक कोएट्जीले हालसम्म नयाँ भेरियन्टद्वारा संक्रमित बिरामीमा निकै साधारण लक्षण देखिएको जानकारी दिएकी छिन् ।

बीबीसीलाई दिएको एक अन्तरवार्तामा उनले भनिन्, ‘मलाई भेट्न ३३ वर्षका एक बिरामी आएका थिए । एउटा शल्यक्रियाका लागि । उनले मलाई आफू पछिल्लो दुई दिनदेखि थाकेको महसुस गरिरहेको र उनको टाउको थोरै दुखिरहेको बताएका थिए । शल्यक्रिया अघि हामीले उनको परीक्षण गरायौं र उनी कोरोनाको ओमिक्रोन भेरियन्टद्वारा ग्रसित भएको थाहा पायौं ।’

‘त्यसपछि हामीले उनको पूरा परिवारको परीक्षण गरायौं । पूरा परिवारमा पोजेटिभ देखियो । सबैलाई निकै साधारण लक्षण थिए । उनीहरुलाई खोकीको समस्या थिएन न नै उनीहरुको स्वाद वा गन्ध महसुस गर्ने क्षमता कम भएको थियो । उनीहरुमा निकै सामान्य लक्षण देखियो ।’

‘धेरैजसो जो बिरामी हामी भएठाउँ आए उनीहरुमा निकै साधारण लक्षण मात्रै थिए तर ती सबै नयाँ भेरियन्टका शिकार पाइए । म देशको कोभिड कमिटीको हिस्सा हुँ त्यसैले मैले कोरोनाका पोजेटिभ केस जतिपनि भेटिएका छन्, ती सबै डेल्टा भेरियन्टभन्दा पूर्ण रुपमा अलग भएको जानकारी कमिटीलाई दिएँ । त्यसपछि स्याम्पलको प्रयोगशालामा परीक्षण हुँदा थाहा भयो कि यो एउटा नयाँ भेरियन्ट हो ।’

दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई चिन्ताको कारण मानिँदैछ । प्रारम्भिक प्रमाणमा यसको म्युटेशन निकै तीब्र गतिमा भइरहेको र पुनर्संक्रमणको खतरा पनि अत्यधिक भएको पाइएको छ ।

यो महिनाको सुरुवातमा दक्षिण अफ्रिकामा यो भेरियन्टबारे पत्ता लागेको थियो । अघिल्लो बुधबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई यसबारे जानकारी दिइएको थियो ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल