Logo

स्वास्थ्य

खाना अपच भएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपाय



काठमाडौँ – कहिलेकाही मानिसहरुलाई खाना अपच भएर समस्या हुन्छ । खासमा पाचन प्रणालीमा गडबडी भएर खाना नपच्नुलाई अपच भन्ने गरिन्छ।

यदि हामिले एउटा खाना नपच्दै अर्को खाना खाएमा राम्रोसँग पच्न पाउदैन । यस्तो बेला पेटमा उकुसमुकुस हुने अथवा अफ्ठ्यारो महशुस हुने गर्छ ।

यस्तो समस्या भएमा विभिन्न घरेलु उपाय अपनाउन सकिन्छ । खाएको कुरा नपचेर तपाइ समस्यामा हुनुहुन्छ भने यी केही उपायहरु अपनाउनुहोस् ।

– खाना अपच हुने समस्या पानीको कमीले पनि हुन्छ । यस्तो भएमा प्रशस्त पानी पिउनुपर्छ ।

-अपच भएमा मनतातो पानीमा मह र कागतीको रस मिसाउनुहोस् र खाली पेटमा खानुहोस् । यसले बिस्तारै समस्या कम हुँदै जान्छ ।

-अदुवाको एउटा टुक्राले पनि अपच समस्या कम गर्न सकिन्छ । अदुवाको एक टुक्रामा केही थोपा कागतीको रस र बिरे नुन मिसाएर खानुहोस् ।

– यस्तो समस्या भएमा घ्यूकुमारीको जुस वा अमला चिजहरु खानुहोस् । यसले अपच कम गर्ने र पाचनशक्ति पनि बलियो हुन्छ ।

– अपच भएमा पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस मिसाएर अचार बनाएर खानासँग खाएमा पनि ठिक हुन्छ ।
-यदि अपचको समस्या छ भने मजिराजन्य पदार्थ पिउनुहुँदैन ।

– यस्तो समस्या भएमा गाजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाने गर्नुपर्छ

– खाना नपच्ने समस्या भएको बेला कुनै तनाव पनि लिन हुँदैन ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल