Logo

समाचार

ओलीले बालकोट बोलाए पनि गएनन् घनश्याम, उम्मेदवारी घोषणा गर्ने तयारी



काठमाडौं– नेकपा (एमाले)को हुन गइरहेको १० औं महाधिवेशनमा उपमहासचिव घनश्याम भूसालले पनि उम्मेदवारी दिने भएका छन् ।

उनले आजै उम्मेदवारी दिन लागेको बताइएको छ । यद्यपि कुन पदका लागि दिने भन्नेबारे खुलेको छैन । यसअघि भूसालले अध्यक्षका लागि आफू सक्षम भएको उद्घोष गर्दै अध्यक्षमा उम्मेदवारी दिने बताएका थिए ।

तर अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

रावलको उम्मेदवारीपछि भूसालले अध्यक्ष बाहेकका अन्य कुनै पदका लागि उम्मेदवारी दिने बुझिएको छ । यतिबेला उनले आफू निकटका नेताहरुसँग छलफल गरिरहेको बताइएको छ ।

भूसालले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवमध्ये कुनैपदमा उम्मेदवारी दिसक्ने बताइएको छ । अध्यक्ष ओलीले उनलालई भेट्न बालकोट बोलाएको भएपनि नगएको बुझिएको छ ।

एमाले महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनमा १५ पदाधिकारी सर्वसम्मत चयन गर्ने अध्यक्ष ओलीको चाहना छ ।

तर ओलीको उक्त चाहनामा भीम रावलले धक्का दिएका छन् । उनले दिएको उम्मेदवारीपछि निर्वाचन हुने निश्चित देखिएको छ ।

प्रकाशित : ६ मंसिर २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल