Logo

मनोरञ्जन

के आमिर खान तेस्रो पटक बिहे गर्दै छन्?



काठमाडौं –तीन महिनाअघि अभिनेता आमिर खानले आफ्नो वैवाहिक सम्बन्धको अन्त्य घोषणा गरेका थिए। उनी र उनकी श्रीमती किरण रावले सार्वजनिक रुपमा सम्बन्ध-विच्छेद गरेको सूचना दिएका थिए। फिल्ममेकर किरण आमिरकी दोस्रो श्रीमती थिइन्।
उनीहरु सन् २००५ मा वैवाहिक सम्बन्धमा बाँधिएका थिए र बलिउडमा रुचाइने जोडीमध्ये पर्थे। अहिले आमिर र किरण सम्बन्ध-विच्छेद पछि पनि खुसी देखिन्छन्। उनीहरु आफ्ना छोरा आजादका लागि भने सँगै समय मिलाइरहेका छन्।

यतिबेला सामाजिक सञ्जालमा आमिरको तेस्रो बिहेबारे चर्चा सुरु हुन थालेको छ। आमिरका प्रशंसकहरु उनले आफ्नो तेस्रो बिहेको घोषणा गर्ने प्रतिक्षामा छन्। सामाजिक सञ्जालमा हल्ला फैलिएअनुसार आमिरले आफ्नो बिहेको घोषणा उनको नयाँ फिल्म ‘लाल सिंह चड्डा’को रिलिजपछि गर्नेछन्। फिल्मबाट कसैको ध्यान नहटोस् र बक्स अफिसमा फिल्मबारे आउन सक्ने आलोचना वा विवाद रोक्न उनले बिहेको कुरा अलिपछि ल्याउने अनुमान छ।

यतिमात्रै होइन, आमिरले पहिले फिल्ममा सँगै अभिनय गरेको आफ्नै सहकर्मी अभिनेत्रीसँग तेस्रो बिहे गर्ने चर्को हल्ला छ। उनको र किरणको सम्बन्ध-विच्छेदपछि सामाजिक सञ्जालमा आमिरको फिल्म ‘दंगल’की अभिनेत्री फातिमा साना शैखको नाम ट्रेन्डिङमा आएको थियो। प्रशंसकहरुले फातिमाकै कारण आमिर र किरण छुटिएको हुन सक्ने अनुमान लगाएका थिए।

तै यो हल्ला केही समयमा रोकिएको थियो। फातिमा र आमिर एकअर्कासँग निकै नजिक छन्। दंगल फिल्ममा फातिमाले आमिरको छोरीको भूमिका खेलेकी थिइन्। आमिर उनलाई राम्रो अभिनेत्रीमध्ये मान्छन् र यता फातिमा भने आमिरलाई आफ्नो गुरु मान्छिन्। उनीहरुले ‘ठग्स अफ हिन्दुस्तान’ फिल्ममा पनि सँगै अभिनय गरेका थिए।-

प्रकाशित : ५ मंसिर २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल