Logo

मनोरञ्जन

ड्रग्स मामिलामा बम्बे हाईकोर्टको फैसला : आर्यन खानविरुद्ध प्रमाण पुगेन

शाहरुख खानका छोरा आर्यन खान संलग्न क्रुज ड्रग्स मामिलामा बम्बे हाईकोर्टले शनिबार बिस्तृत फैसलाको कपी जारी गरेको छ । ‘प्रथम दृष्टया आरोपीहरुविरुद्ध त्यस्तो कुनै प्रमाण मिलेन, जसले यो विषय साबित गरोस् कि उनीहरुले ड्रग्ससँग सम्बन्धि कुनै अपराध गर्ने षड्यन्त्र गरेका थिए,’ फैसलामा उल्लेख छ ।

यसअघि आर्यन र उनका दुई साथीहरु जमानतमा रिहा भएका थिए । २८ अक्टुबरमा आर्यन, अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत अदालतले स्विकारेको थियो ।

त्यसैगरी आर्यनको ह्वाट्सएप च्याट सार्वजनिक भएको र उनले अन्य तीन आरोपितहरुसँग मिलेर कुनै अपराध गर्ने षड्यन्त्र गरेको विषय त्यसमा पनि नदेखिएको अदालतले जनाएको छ ।

एनडिपिएस अधिनियमको धारा ६७ अन्तर्गत एनसिबीद्धारा दर्ज गरिएको आर्यन खानको बयानको प्रयोग केवल मामिलाको जाँचका लागि मात्रै गर्न सकिने पनि आदेशमा उल्लेख छ । तर, अभियुक्तहरूलाई एनडिपिएस अधिनियम अन्तर्गत अपराधी ठहर गर्ने अनुमान लगाउन वा साबित गर्नका लागि यस बयानको प्रयोग गर्न नसकिने पनि उल्लेख छ ।

प्रकाशित : ५ मंसिर २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल