Logo

मनोरञ्जन

रियल हिरो पल शाह महिनाको कति कमाउँछन् ? कति छ उनको सम्पत्ति ?



काठमाडौं – पल शाह एक चर्चित मोडल तथा नायक हुन्। उनको जन्म सन् १९८९ सेप्टेम्बर १५ मा दाङमा भएको हो। बाल्यकाल दाङमानै बिताएका पल शाहले स्थानीय गंगा उच्च माविमा स्कूले जीवन बिताएका थिए।

स्कुलको पढाइ सकेपछि उनी उच्च शिक्षा र अबसरको खोजिमा काठमाडौँ आए । त्यसपछि उनको अभिनय यात्रा शुरु भएको थियो।

‘तिम्रो यादमा रुन्छु अचेल’ बोलको गीतमा अभिनय गरेपछि सुरु भएको उनको अभिनय यात्रा एकपछि अर्को अवसरसँगै सफल बन्दै गयो। उनले अहिले करिब २ सय म्युजिक भिडियोमा अभिनय गरेका उनको धेरैजसो गीत चर्चित छन्।

सन् २०१६ मा ‘नाइ नभन्नु ल-४’ बाट पल शाहले फिल्मी क्षेत्रमा इन्ट्री मारेका थिए। पछिल्लो समय पललाई निकै ब्यस्त कलाकारको रुपमा पनि चिनिन्छ।

अहिले भने उनि निकै समाज सेवामा सक्रिय छन्। उनले कोरोनाको समयमा धेरै मानिसको सहयता गरेका थिए। सामान्य परिवारमा जन्मेका पलका बुबाको पसल थियो। तर अहिले भने करोडौंका मालिक बनेका छन्।

पल शाहको सम्पत्ति कति ?

निकै चक्लेटी अनुहारका पल शाहले एउटा भिडियो खेलेको मिनिमम एकदेखि डेढ लाख रुपियाँ लिने गरेका छन्। भने उनी महिना भरि नै निकै ब्यस्त देखिने गरेका छन्।

यस हिसाबले उनले महिनाको ३ देखि ४ लाखसम्म कमाइ गर्ने गरेको देखिन्छ। त्यस्तै उनको सम्पतिको कुरा गर्दा उनीसँग महिन्द्रा इस्कर्पियो रहेको छ जसको मूल्य नेपाली बजारमा ४० लाख रहेको छ।

त्यस्तै उनीसँग अर्को कार पनि रहेको छ जसको मूल्य भने २७ लाख रहेको छ। उनको हाल सम्म जम्मा सम्पति भने ३ देखि ४ करोड सम्म रहेको बताइएको छ।

प्रकाशित : ३ मंसिर २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल