Logo

विश्व

पाकिस्तानी सांसद् भिडियोले विवादमा



काठमाडौँ-एक पाकिस्तानी महिला सांसदको गो प्य भिडियो सार्वजनिक भएपछि त्यहाँ एक किसिमको तरंग उत्पन्न भएको छ । पञ्जाब प्रान्तकी एक महिला नेताको अश्लील भिडिओ अहिले भाइरल भइरहेको छ । यी महिला नेताको नाम सानिया आशिक हो। उनी तक्षशिला विधानसभा क्षेत्रका विधायक हुन् ।

सानियाले भिडिओबारे गत अक्टोबर २६ मा सरकार र केन्द्रीय अनुसन्धान एजेन्सीमा उजुरी दिएकी थिइन् । लामो अनुसन्धानपछि प्रहरीले भिडिओ सार्वजनिक गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । तर यस विषयमा एजेन्सीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

गत अक्टोबर २६ मा सानिया आशिकले संघीय अनुसन्धान एजेन्सी एफआईए मा उजुरी दिएकी थिइन् । पछि यसको प्रतिलिपि आफ्नो सामाजिक सञ्जालमा पनि सार्वजनिक गरिन् । सानियाले सामाजिक सञ्जालमा केही दिनदेखि त्यस्तो किसिमको भिडिओ भाइरल भइरहेको आ’रोप लगाएकी छन्।

त्यसमा देखिएकी महिला सोनियाजस्तै छिन् र उनी सानिया आशिक नै भएको दाबी सामाजिक सञ्जालमा गरिएको छ । विधायकले यसबारे इमरान खानको केन्द्र सरकारलाई पनि गुनासो गरेका छन् ।

उजुरीपछि पञ्जाब प्रान्तको पुलिस र एफआईएले अनुसन्धान सुरु गरेका छन्। करिब तीन हप्तासम्मको अनुसन्धानपछि एफआईएले लाहोरबाट एक व्यक्तिलाई पक्रा’उ गरेको हो ।

प्रकाशित : ३ मंसिर २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल