Logo

मनोरञ्जन

४६ वर्षमा एकैपटक दुई सन्तानको आमा बनिन् प्रिति



एजेन्सी– बलिउड अभिनेत्री प्रिति जिन्टा आमा बनेकी छिन्। उनी ४६ वर्षकी उनी जुम्ल्याहा सन्तानकी आमा भएकी हुन्।

प्रितिले सोसल मिडिया पोस्टमा आफ्ना दुई सन्तानको नाम पनि सार्वजनिक गरेकी छिन्। प्रितिले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा श्रीमानसँगको फोटोसहित एक विशेष नोट सेयर गरेर यसबारे जानकारी दिएकी हुन्।

‘म आज तपाईंहरु सँग हाम्रो खुसीको खबर साझा गर्न चाहन्छु। म र जीन असाध्यै धेरै खुसी छौं। हाम्रो मनमा यति धेरै कृतज्ञता र प्रेम भरिएको छ किनभने हाम्रो घरमा जुम्ल्याहा बच्चा जे जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफले जन्म लिएका छन्,’ उनले लेखेकी छिन्।

त्यस्तै प्रितिले जीवनको नयाँ अध्यायका लागि निकै उत्साहित रहेको बताइन्। उनले यस यात्रामा सहयात्री बनेकोमा सबै डाक्टर, नर्स रसरोगेटलाई धन्यवाद भनेकी छिन्।

प्रिति सरोगेसीमार्फत् आमा बनेकी हुन्। अहिले उनलाई बधाईको ओइरो लागिरेहेको छ।

प्रकाशित : २ मंसिर २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल