Logo

मनोरञ्जन

चर्चित गायक प्रमोद खरेल महिनामा कति कमाउँछन् ? उनको सम्पति कति ?



काठमाडौं – विदेशका कार्यक्रम होस् या स्वदेशका मेला पर्व, महोत्सव; विभिन्न ठाउँमा हुने कन्सर्टमा गायक प्रमोद खरेल प्राय: पुगेकै हुन्छन्। श्रोतालाई उनको आवाज कर्णप्रिय लाग्छ।

उनको स्वरमा महिला फ्यानहरू हुरुक्कै हुन्छन्। प्रमोद स्कुल, कलेजका अब्बल विद्यार्थी हुन्। लजालु स्वभावका उनी विज्ञानमा स्नातकोत्तर गरेर कुनै समय पीएचडी गर्न विदेश जाने सोचमा थिए।

त्यसलाई थाती राखी कलेजको लेक्चरर, रेडियो प्रस्तोता हुँदै अहिले पूरै समय गायनमै सक्रिय छन्। २०५६ सालमा आफ्नो पहिलो गीत बजारमा ल्याएका उनले ‘पलपल’ फिल्मको टाइटल गीत गए।

त्यसपछि उनको माग बढ्न थाल्यो । फिल्मका मात्रै गीत गाउँदा सीमित घेरामा भएजस्तो लाग्यो उनलाई । त्यसैले अन्य गीतमा पनि आवाज दिए।

जब उनको तेस्रो एल्बम ‘मेरो दिल छ पोखरामा’ बजारमा आयो, एकाएक प्रमोदको चर्चा ह्वात्तै चुलियो । यो गीत प्रमोद खरेलको उपनामजस्तो बन्यो।

प्रमोद खरेल नाम सुन्नासाथ सबैले मेरो दिल छ पोखरामा गीतलाई नै सम्झन्छन्। यो पछि उनले कहिल्यै पनि पछाडि फर्किनु परेको छैन। ‘भ्वाइस अफ नेपाल’ जस्ता चर्चित कार्यक्रम हरुमा निर्णायकको भूमिका निर्वाह गरेका खरेलले निकै नै सम्पति कमाएको बुझिँन्छ।

प्रमोद खरेलकाे सम्पति कति ?

इण्डियाको सडकपुर गाउँमा जन्मेका प्रमोद पछि उनको परिवार झापामा सरेको थियो। सामान्य परिवारमा जन्मेका प्रमोद अहिले महिनाको १ देखि २ लाखसम्म कमाउँने गर्दछन्।

त्यो पैसा उनले गित गाएर ,विभिन्न कार्यक्रम सो गरेर कमाउने गर्दछन्। त्यस्तै उनी ‘भ्वाइस अफ नेपाल’ को जर्ज हुँदा प्रति इपिसोड ३० हजार सम्म कमाउने गर्थे भने, उनीसँग हुन्डाई क्रेटाको कार रहेको बताइएको छ।

जसको नेपाली मूल्य ४४ लाख सम्म पर्न जान्छ। त्यस्तै उनको जम्मा सम्पतिको कुरा गर्ने हो भने ४ देखि ५ करोड सम्म रहेको छ।

प्रकाशित : १ मंसिर २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल