Logo

समाचार

निःशुल्क बहस गर्न वकिल चाहियो ? यी नम्बरहरुमा तत्काल सम्पर्क गर्नुहोस्



काठमाडौं – इजलासमा बहस पैरवी नगर्ने भनेर आन्दोलन गरिरहेका बार नेतृत्व र वरिष्ठा अधिवक्ताहरुले मुद्दा नहेरेमा राष्ट्रिय कानुन व्यवसायी अभियानका अधिवक्ताहरुले निःशुल्क रुपमा पीडितका मुद्दा हेरिदिने भएका छन्।

सार्वजनिक सुचना निकालेर सम्पर्कमा आउन पीडितहरुलाई आग्रह गरेका छन्। आज अभियानको तर्फबाट सार्वजनिक विज्ञप्ती जारी गर्दै बार नेतृत्वको आन्दोलनलाई आन्दोलनको उपहासको संज्ञा दिइएको छ। बारले बहस पैरवीबाट नभएर सेटिङ्ग र विचौलियामार्फत मुद्दा छिन्नु पर्ने माग राखेको आरोप पनि लागइएको छ।

अभियानकर्ताले वकीललेहरुले बन्दीका पेशी समेत हटाएर पीडितहरु झन् पीडित भएको कारण गुनासो आएको हुँदा आफूले जनताको सेवाका लागि निःशुल्क रुपमा मुद्दा हेरिदिने बताएका हुन्।

विज्ञप्तीमार्फत पीडित परिवारहरुलाई सम्पर्क गर्नका लागि अधिवक्ता तथा वरिष्ठ अधिवक्ताहरुको फोन नम्बरहरु पनि उपलब्ध गराइएको छ। निःशुल्क कानुनी बहस पैरवीको सेवा प्राप्त गर्नका लागि निम्न नम्बरमा सम्पर्क गर्नु हुन अनुरोध गरिएको छ।

९८५१०९२७९८, ९८५१०१७७१०, ९८४१५३२४७४, ९८५११३०१३८, ९८५१०३२५७७, ९८०११०८८१९, ९८४१२७७१३१, ९८१५९९५७०६, ९८०३८९३४३४, ९८६१३४४९८८, ९८५१०५०५६०, ९८४२६३४८४३

प्रकाशित : ३० कार्तिक २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल