Logo

मनोरञ्जन

आलिया र रनवीर नोभेम्बर महिनाभित्रै इन्गेजमेन्टको तयारी गर्दै



गत वर्ष बलिउड अभिनेत्री आलिया भट्ट र रनवीर कपुरले आफ्नो सम्बन्ध सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरे। दुईको सम्बन्ध धेरैका लागि चर्चाको विषय बन्यो।

बलिउड अभिनेता रनवीर कपुर र अभिनेत्री आलिया भट्टको जोडीलाई प्रशंसकहरुले निकै मन पराउँछन्। प्रेम सम्बन्धमा रहेको यो जोडीको बिहेबारे केही दिनयता व्यापक चर्चा चलिरहेको छ।

कोइमोइका अनुसार हालै उनीहरु नोभेम्बर महिनाभित्रै इन्गेजमेन्ट गर्ने खबर सार्वजनिक भएको छ। आलिया र रनवीरको प्रेम सम्बन्ध दुई वर्षअघि एक भिडिओमार्फत् सार्वजनिक भएको थियो।

भिडिओमा निर्देशक आर्यन मुखर्जीले आलियालाई रनवीरको गर्लफ्रेन्ड भनेर सम्बोधन गरेका थिए र उनीहरु दुवैले त्यो कुरा नकारेको थिएनन्। उनीहरु सामाजिक सञ्जाल र कार्यक्रममा पनि आफ्नो सम्बन्धबारे खुलेर बोलिरहेका हुन्छन्।

उनीहरुको बिहेको हल्ला सन् २०१९ देखि नै चलिरहेको थियो, तर अझै पनि रनवीर र आलियाले यो योजना आफैसँग मात्र राखिरहेका छन्। कोइमोइले एउटा रिर्पोटलाई आधार मान्दै अनुसार रनवीर र आलिया यही महिना भारतको राजस्थानस्थित इन्गेजमेन्ट समारोह आयोजना गर्ने तयारीमा रहेको जनाएको छ। केही दिनअघि पोस्ट भएको एउटा भिडियोमा रनवीरलाई यसबारे प्रश्न गरिएको थियो जसमा उनले कुनै प्रतिक्रिया दिएका थिएनन्। एजेन्सी

प्रकाशित : ३० कार्तिक २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल