Logo

समाचार

आज देशभर विप्लवको नेपाल बन्द, यी क्षेत्र खुलै



काठमाडौँ – नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज देशभर नेपाल बन्द आह्वान गरेको छ ।

नेपाल बन्दका कारण मंगलबार बिहानैदेखि यात्रुले सास्ती भोगेका छन् ।लामो दूरीबाट यात्रा गरेर काठमाडौं आएका यात्रुलाई बिहानै सास्ती भएको छ । विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका यात्रु काठमाडौंका विभिन्न ठाउँमा अलपत्र परेका हुन् ।

काठमाडौंका कलंकी, नयाँ बसपार्क, बल्खु, कोटेश्वर लगायतका चोकमा झरेका यात्रुहरूले गन्तव्यमा जान सार्वजनिक गाडी कुरेर बसे पनि गाडी पाइएका छैनन् ।

अत्यावश्यक कामले काठमाडौं बाहिर जानुपर्ने यात्रुहरू समेत चोकचोकमा अलपत्र परेका छन् । बाहिरी जिल्लाबाट हिजो छुटेका गाडी बिहानै काठमाडौं आइपुगे पनि काठमाडौंबाट छुट्ने गाडी भने नगन्य रहेका छन् ।

बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन भएका छन् । चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो रहेको छ ।

सार्वजनिक गाडीको संख्या कम भए पनि निजी गाडी सामान्य रूपमा चलिरहेका छन् ।

बन्द आयोजक नेकपाले अत्यावश्यक सेवाहरू मेडिकल, अस्पताल, एम्बुलेन्स, दुध र तरकारी ढुवानीका साधन खुलै रहने जनाएको छ ।

प्रकाशित : ३० कार्तिक २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल