Logo

समाचार

विप्लव समूहले भोलिको नेपाल बन्द ठप्प पार्ने (विज्ञप्तिसहित)



काठमाडौं –विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा घोषित नेपाल बन्द कार्यक्रममा सहयोग गर्न यातायात व्यवसायी लगायत सबैलाई आह्वान गरेको छ । पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको मूल्यवृद्धिको बिरोधमा भोलि नेपाल बन्द घोषणा गरिएको छ ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इञ्चार्ज प्रज्वलनले भोलि सम्पूर्ण पेसाकर्मी, उद्योगी, व्यवसायी, शैक्षिक संघसंस्थालाई सहयोग गरिदिन आग्रह गरेका छन् ।

विभागद्वारा जारी पत्रमा भनिएको छ, ‘सरकारले हालै महिना दिनभित्र ९ पटकसम्म पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।डिजेल, पेट्रोल, हवाइ इन्धन, ग्यास तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुमा भएको चर्को मूल्यवृद्धिले आमसर्वसाधारण किसान, श्रमिक, मजदुर मात्र नभई विद्यार्थी, शिक्षक–वुद्धिजीवी, कर्मचारीलगायत मध्यम वर्ग र व्यवसायीहरूको समेत ढाड सेक्ने निश्चित छ ।’

सरकारको गैरजिम्मेवार, जनविरोधी र ज्यादतीपूर्ण नीति तथा कार्यविरुद्ध आमजनताको आक्रोश र भावनाको प्रतिनिधित्व गर्दै विभिन्न आन्दोलनसहित भोलि नेपाल बन्दको घोषणा गरिएको विप्लव माओवादीले स्पष्ट पारेको छ ।

‘नेपाल बन्द हाम्रो रहर नभई बाध्यता हो,’ उनले भनेका छन् । आन्दोलनका कार्यक्रमहरूमा देशव्यापी ऐक्यबद्धता प्रकट गरी मूल्यवृद्धिको सशक्त प्रतिवाद गर्दै मूल्यवृद्धि खारेज गर्न सरकारमाथि चौतर्फी दबाब सिर्जना गर्नु हरेक क्षेत्रका नागरिकहरूको दायित्व भएको समेत उल्लेख गरिएको छ ।

प्रकाशित : २९ कार्तिक २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल