Logo

मनोरञ्जन

‘सूर्यवंशी’ले करोड कमाई गरेपछि यसो भने अक्षयले



एजेन्सी-अक्षयकुमार अभिनित फिल्म ‘सूर्यवंशी’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ। यस फिल्म कोरोना महामारीपछि दर्शकलाई हल फर्काउन सफल भएको छ।

फिल्मलाई दर्शकले अपार माया दिएका छन्। रिलिज भएको एक हप्तामा सूर्यवंशीले १ सय २० करोड कमाएको छ। फिल्मको कमाई अझै बढ्नेछ।

कोरोना कालमा अक्षय कुमारको फिल्म सुर्यवंशीले सय करोडभन्दा बढी कमाई गरेर फिल्मी उद्योगको हौसला बढाएको छ। तर सुपरस्टारको उपाधि पाएका अक्षय कुमारका अनुसार फिल्मको सफलताको फर्मूला अहिलेसम्म कसैले पनि पाउन सकेको छैन।

भारतको सिनेमाघर कहिलेदेखि खोलिने हो भनेर करिब डेढ वर्षदेखि प्रतिक्षा गरिँदै थियो। कोरोना महामारीका कारण महाराष्ट्रमा पनि सिनेमाघर लामो समयदेखि बन्दै रह्यो।

अन्ततः अघिल्लो महिला महाराष्ट्र सरकारले सिनेमाघर खुल्ने अनुमति दिएको थियो। सुर्यवंशी पहिलो ठूलो फिल्म रह्यो जसले दर्शकलाई सिनेमाघरमा एकपटक पुनः बोलाउने जिम्मा लियो।

तर सूर्यवंशी अक्षयकुमारको पहिलो फिल्म हैन जसले सय करोड कमाएको छ। यसभन्दा अघि उनका केही फिल्महरुले करोडौं कमाइसकेका छन्।

तर यस्तो कोरोनको समयमा पनि यति धेरै कमाउँदा सबै छक्क परेका भने पक्कै पनि छन्। अक्षय कुमार दर्शकलाई आभार व्यक्त गर्दै भन्छन्, ‘ दर्शकले मलाई यत्ति धेरै माया दिएकोमा म आफूलाई निकै भाग्यमानी ठान्छु।

महामारीबाट निस्किएर दर्शक सिनेमाघरमा जानु, टिकट खरिद गर्नु र परिवारसँग फिल्म हेर्नु, नौलो कुरा भएको छ। म यसका लागि दर्शकप्रति आभारी छु।

’सुर्यवंशीमा अक्षय कुमारसँग अजय देवगन र रणवीर सिंह गेस्ट अपियरेन्समा देखिएका छन्। स्टार पावर र फिल्ममाथि टिप्पणी गर्दै अक्षय भन्छन्, ‘मलाई लाग्छ कि स्टार पावर केही होइन किनभने वास्तविक पावर स्क्रिप्ट र स्क्रिनप्लेमा हुन्छ।’

प्रकाशित : २९ कार्तिक २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल