Logo

मनोरञ्जन

सीताराम कट्टेल धुर्मुस मासिक कति कमाउँछन् ? कति छ उनको सम्पति ?



काठमाडौं – २०६१ तिर शुरु भएको दीपकराज गिरी र दिपाश्री निरौलाको हास्य टेलिश्रृंखला ‘तितो सत्य’ले दर्शक हँसाउन छाड्दै थियो। त्यही बेला आयो, अर्को हास्य टेलिश्रृंखला, ‘मेरी बास्सै’ ।


यसले ‘तितो सत्य’लाई टक्कर दिन थाल्यो। केही समय दुवैको चर्चा बराबर भयो। विस्तारै ‘तितो सत्य’ थाक्दै गयो, ‘मेरी बास्सै’ले आफ्नो गति बढाउन थाल्यो।

‘मेरी बास्सै’ बाट केदार घिमिरेले ‘माग्ने बुढा’को चरित्रलाई स्थापित गरे। यता सीताराम कट्टेल र कुञ्जना घिमिरेका लागि पनि ‘मेरी बास्सै’ बरदान बनेर आयो।

टेलिश्रृंखलामा श्रीमान्–श्रीमतीको अभिनय गर्दा–गर्दै दुवैको मन साटियो र वास्तविक जीवनमा पनि श्रीमान्–श्रीमती भए। २०७२ वैशाख १२ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर आएको शक्तिशाली भूकम्प जाँदा उनीहरू अमेरिकामा थिए।

अमेरिकाबाट स्वदेश फर्किंदा सहृदयी नेपालीले भूकम्पबाट दैनिक जीवन खल्बलिएको नेपालीको सहयोगका लागि दिएको केही रकमसँगै लिएर फर्किएका उनीहरूमा एकाएक समाजसेवाको रंग चढ्यो।

भूकम्पबाट घरबारहीन बनेका र आफ्नै बलबुतामा पुन छानो ठड्याउन नसक्नेहरूका लागि एकीकृत बस्ती बनाउने योजना आयो दुवैको मनमा। धुर्मुस–सुन्तली एकीकृत वस्ती नाम दिएर गिरानचौरमा एकीकृत वस्ती बनाए।

वस्ती निर्माणको चर्चा फैलियो र यो सँगै सहयोगी हातहरू बढ्न थाले। जसले गर्दा आज उनीहरूले क्रिकेट रंगशाला निर्माणमा लागि परिरहेका छन्।

तर, जति घर बनाउँदा चर्चा पाएका यी जोडीले रंगशाला बनाउँदा आलोचना खेप्नु परेको छ। कारण एउटै हो कि त्यहाँ जाममा भएको पैसा घोटाला भयो भनेर।

कति छ सिताराम कट्टेलको सम्पति कति?

निम्न आयस्तर भएको परिवारमा जन्मिएका उनले आफ्नो बाल्यकालदेखि नै आर्थिक अभाव भोगे। कापी कलमको जोहो गर्नका लागि उनी कहिले हलो जोत्थे, त कहिले अरुको स्केच चित्र बनाउँथे।

खेतबारीको काम, घाँस दाउरा र घरायसी काम गर्दै अध्ययनलाई अघि बढाएका उनी विद्यालयमा राम्रो विद्यार्थीमै गनिन्थे। अत्यन्तै सोझा, तर तेजिला सीतारामले एसएलसी प्रथम श्रेणीमा पास गरेपछि काठमाडौं छिरेका हुन् । सीताराम अहिले करोडौँका मालिक भएका छन्।

उनी अहिले महिनामा १ देखि २ लाखसम्म कमाउँछन्। उनले त्यो पैसा विभिन्न कार्यक्रम टिभी शो विज्ञापन र फिल्मबाट कमाउने गर्छन्। तर, त्यो पैसा उनले विभिन्न समाज सेवामा लागानी पनि गरेका छन्।

त्यस्तै उनीसँग हुन्डाई क्रेटाको कार छ, जसको नेपाली मूल्य ४४ लाख पर्न जान्छ। उनको जम्मा सम्पति लगभग ७ देखि ८ करोडसम्म रहेको बताइएको छ।

प्रकाशित : २९ कार्तिक २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल