Logo

जाडो मौसम शुरु भएसँगै वायु प्रदूषण किन बढ्छ?



काठमाडौं – हरेक वर्ष जाडो मौसम शुरु भएसँगै वायु प्रदूषण बढ्न थाल्छ। यस वर्ष पनि मौसम चिसिँदै जाँदा वायु प्रदूषणको मात्रा बढ्न थालेको छ। बुधबार काठमाडौं उपत्यका बाहिरका पाँच ठाउँमा वायु प्रदूषणले खतराको सूचक नाघ्यो।

सामान्यतया वायु गुणस्तर मापन (एक्वीआई) १०० वा सोभन्दा कम हुनुपर्ने बताइन्छ। तर बुधबार वातावरण विभाग अन्तर्गतको वायु प्रदूषण मापन केन्द्रले पोखराको वायु गुणस्तर मापन १७६ पुगेको उल्लेख गरेको छ।

काठमाडौंको कीर्तिपुर (त्रिवि)मा रहेको मापन केन्द्र, भरतपुर र जनकपुरको वायु प्रदूषण मापन केन्द्र आसपासको हावामा पनि औसतमा हुनुपर्नेभन्दा धेरै प्रदूषण देखिए पनि खतराको तह पार गरिनसकेको केन्द्रले जनाएको छ।

जाडोमा किन बढ्छ प्रदूषण ?

जाडो मौसममा हावा पनि चिसो हुन्छ। चिसो हावाको घनत्व बढी हुने यो तातो हावा जस्तो सहजै उडेर जान सक्दैन। चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ।

यसरी चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ। जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ। प्रदूषणले गर्दा मानिसमा एलर्जी मात्रै नभएर हृदयघात, मधुमेह नियन्त्रण नहुने जस्ता समस्या देखिने गर्छ।

प्रकाशित : २९ कार्तिक २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल