Logo

समाचार

‘कि मलाई चक्कु हानोस्, होइन भने मेरो छोरालाई जस्तै गरी नवीन रावललाई चक्कु हान्छु, कानून जाँन्दिनँ’



काठमाडौं – कात्तिक २४ गते कैलालीको लम्कीचुका–१ का भुपेन्द्र बडुवालको ह’त्या भयो । हत्यारा पक्राउ परेलगत्तै भुपेन्द्रकी आमाले अभियुक्तलाई कडा कारबाहीको माग गरेकी छिन् ।

हत्याका अभियुक्त नवीन रावलको नाम लिँदै भुपेन्द्रकी आमाले कडा कानूनी कारबाही नभए ‘नछोड्ने’ चेतावनी दिएकी हुन् । उनले सम्पत्तिका लागि आफ्नो छोराको ‘ह’त्या’ भएको बताएकी छिन् ।

‘कडा कारबाही होस्, एक–दुई दिनमै जेलबाट छुट्ने हो भने म छोड्दिनँ, कानून जाँन्दिनँ, कि मलाई चक्कु हानोस्, होइन भने मेरो छोरालाई जस्तै गरी नवीन रावललाई च’क्कु हान्छु,’ उनले भनिन्।

कात्तिक २४ कैलालीको टीकापुरमा च’क्कु प्र’हार गरी युवकको हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको ह’त्यामा संलग्न भएको आरोपमा ५ जना र अन्य तीन जनालाई पनि पक्राउ गरिएको बताएका हुन् ।

कैलालीको लम्कीका भुपेन्द्र बडुवाललाई चिसापानीका नवीन रावलको समूहले ‘ट्रयाप’मा पारेर हत्या गरेको मृतकका बुबाले बताएका छन् । रावल नेतृत्वको समूहले मंगलबार राति बडुवालको ह’त्या गरेको उनका बुवा डम्बर बडुवालले बताएका हुन् ।

दशैंभन्दा अगाडि रिसोर्टमा बोलाएर मेरो ग्याङमा सामेल होभन्दा भुपेन्द्रले इन्कार गरेपछि हतियार देखाएर उनलाई जबरजस्ती आफ्नो ग्याङमा सामेल भएको घोषणा गरेको उनले बताए ।

काठमाडौंबाट भर्खरै मात्र घर गएका भुपेन्द्रलाई उनकै साथीले बोलाएको भुपेन्द्रको फोनको ‘कल डिटेल्स’ प्रहरीले भेटेको छ। साथीलाई अफ्ट्यारो परेको छ भन्दै ४० पटकसम्म भुपेन्द्रलाई फोन गरेको प्रहरीले भेटेको मृतकका पिताले जानकारी दिएका छन् ।

यो घटनाले अहिले कैलालीबासी निकै निराश छिन् । मृतककी आमा यो कुरा कतै सपाना जस्तो भैदियोस् भनेर कल्पना गरिहेकी छिन् ।

घरका एक्ला छोरा भुपेन्द्र बाहिर जस्तो भए पनि भित्र रुपमा असल भएको र दोषीलाई कडाभन्दा कडा सजाय दिनु पर्ने उनले बारम्बार भनिरहेकी छिन् ।

‘मेरोजस्तै छोराजस्तै अरुका छोराछोरी यसरी नम,रुन्’ भनेर नेपाल सरकारसँग उनले माग पनि राखेकी छिन् । मंगलबार राति ८ बजे खाना खाएर बसिरहेका बडुवाललाई बोलाउन उनका साथी कपिल श्रेष्ठ आएका थिए ।

साथीलाई अप्ठ्यारो परेको छ भन्दै उनले राति ८ बजे घरबाट लिएर गएका थिए । घर गएर भुपेन्द्रका बुवा डम्बरलाई पसलमा सहयोग गरिरहेका थिए । लम्कीचुहामा डम्बरको जुत्ता–चप्पल र इनामेलको पसल छ । उनीहरू साधारण परिवारका हुन् ।

उक्त समूहले बडुवाललाई शुरुमा टीकापुरस्थित केराबारीमा पुर्‍याएको थियो । त्यहाँबाट ल’खेट्दै–ल’खेट्दै होटल सिद्धार्थनजिक पुर्‍याएर ‘हत्या’ गरेको पाइएको प्रहरीले जानकारी दिएको हो ।

प्रकाशित : २८ कार्तिक २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल